Logo

कृषि / सहकारी

सहिजन अर्थात् मोरिङ्गाको चिया बजारमा


appharu
   २३ बैशाख २०७५, आइतबार


काठमाडौं । स्थानीय बजारमा सहिजन भनिने मोरिङ्गा चियाको व्यावसायीक उत्पादन र। बिक्री सुरु भएको छ । तराइ तथा पहाडी क्षेत्रमा पाइने वहुपोषणयुक्त बुटी मोरिङ्गाको व्यावसायिक उत्पादनको आइतबार घोषणा गरिएको हो ।
मोरिङ्गा नेपाल प्रा.लि.ले एक कार्यक्रम गरी मोरिङ्गाबाट उत्पादित उत्पादन तथा बजारीकरणको सुरुवात गरेको हो । काठमाडौंको बालुवाटरस्थित चियापान रेष्टुरेन्टमा एक कार्यक्रम गरि मोरिङ्गा नेपालको उत्पादनहरू सार्वजनिक गरिएको छ । मोरिङ्गा नेपालका अध्यक्ष शिशीरकुमार भट्ट, मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, पोषण विज्ञ डा. अरुणा उप्रेतीलगायतका अतिथिहरूले मोरिङ्गाबाट बनाइएको चिया एकैसाथ पिएर उत्पादनको सार्वजनिक गरिएको हो ।
कम्पनीले व्यावसायिक उत्पादन थालेको प्रजाती मोरिङ्गा ओलिफेरा हो । काभ्रे र गोरखामा पाँच हजार विरुवा रोपेर व्यावसायिक उत्पादन थालिएको जनाइएको छ । सामान्यतया समुन्द्र सतहदेखि ११ सय मिटरको उचाइसम्म, तुसारो र हिउँ नपर्ने स्थानमा यसको खेति गर्न सकिन्छ ।

प्रकाशित : २३ बैशाख २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह