Logo

बैंक / बिमा /शेयर

राष्ट्रिय वाणिज्यको नाफा ४ अर्ब ३२ करोड, नबिलभन्दा २७ करोड बढी


appharu
   ३१ श्रावण २०७५, बिहिबार


काठमाडौं । नेपालका २८ वाणिज्य बैंकमध्ये नाफाका आधारमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अघि देखिएको छ । सबैभन्दा अन्तिममा वित्तीय विवरण सार्वजनिक गरेको बैंकको नाफा दोस्रो स्थानमा रहेको नबिल बैंकको भन्दा २७ करोड बढी छ ।

वाणिज्य बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३२ करोड नाफा कमाएको छ । अघिल्लो वर्ष यस बैंकले २ अर्ब ७७ करोडमात्रै नाफा गरेको थियो ।

नबिलले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले नाफा बढाए पनि राष्ट्रिय वाणिज्य बैंकले ४४ प्रतिशतले नाफा बढाएको छ ।

नाफा वृद्धि रकम नभइ पंतिशतका आधारमा सिभिल बैंकले ८५ प्रतिशतभन्दा बढिले नाफा बढाएको छ। यसपछि सेञ्चुरी, जनता बैंक रहेको वित्तीय प्रतिवेदनमा देखिएको हो ।

रकमका आधारमा कृषि विकास बैंकले नबिलपछि तेस्रो धेरै नाफा आर्जन गरेको छ। बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १५ प्रतिशतले बढाउँदै ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ ।
यस्तै, प्रभु बैंकले १ अर्ब १२ करोड रुपैयाँ मात्र नाफा गरेको छ । ३ बैंकबाहेक २५ बैंकले अर्बभन्दा बढी नाफा कमाएका छन् ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह