Logo

सेयर बजार

अन्तिम दिन पनि तामाकोशीको सेयर भर्नेको भीड, दोलखाबाट भदौ १४ सम्म भर्न सकिने


appharu
   १ भाद्र २०७५, शुक्रबार


काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको आइपीओमा काठमाडौं उपत्यकाबाट आवेदन दिने म्याद शुक्रबार सम्पन्न भएको छ ।

आवेदनमा दोलखावासीको अत्यधिक चापका कारण यसअघि उपत्यकाबाट साउन २५ गतेसम्म मात्र भर्न सकिने व्यवस्था गरिएकोमा एक साता म्याद थप गरिएको थियो । म्याद थपिएको अन्तिम दिन शुक्रबार पनि उपत्यकाका सबैजसो संकलन केन्द्रहरुमा भीडभाड थियो ।

तर, सनराइज बैंकका सबैजसो शाखाले शुक्रबार १२ बजेपछि आवेदकलाई काउन्टरमा छिर्न नदिँदा ठूलो संख्यामा दोलखेलीहरु सेयर भर्न बञ्चित भए ।

दोलखा जिल्लाबाटै भने भदौ १४ गतेसम्म आइपीओ भर्न पाउने व्यवस्था छ ।

अपर तामाकोशीले दोलखा जिल्लाका स्थानीयलाई साउन १६ गतेदेखि १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यो आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ ।

आइपीओ खुलेको ८ दिनमै अत्यधिक आवेदन परेको धितोपत्र प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । तामाकोशीले १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयलाई खुला गरेको हो ।

कम्पनीले स्थानीयलाई आइपीओ बेचिसकेपछि सर्वसाधारणमा खुला गर्नेछ ।
दोलखाका स्थानीयलाई पनि ३ वर्गमा वर्गीकरण गरिएको छ । जिल्लाको लामाबगर र गौरिशंकार गाँउपालिकालाई ‘क’, ट्रान्समिसन लाइन भएको क्षेत्रलाई ‘ख’ र बाँकीलाई ‘ग’ वर्गमा विभाजन गरिएको हो । सोही अनुसार आवेदन दिन पाइने संख्या निर्धारण गरिएको छ । ‘क’ वर्गमा पर्नेले हरियो, ‘ख’ वर्गमा पर्नेले निलो र ‘ग’ वर्गमा पर्ने स्थानीयले कालो फर्म भरेर आवेदन दिनुपर्ने व्यवस्था थियो ।

आइपीओका लागि दोलखामा भने माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य कार्यालय गोंगर सहित चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, किर्ने, गुरुम्फी, मेलुङ र बाघखोरका २६ वटा बैंक शाखाबाट आवेदन दिन सकिन्छ ।

प्रकाशित : १ भाद्र २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह