Logo

विकास / पूर्वाधार

सांसदले सोधे– राम्रो काम गरिरहेका भैरहवा विमानस्थल प्रमुखलाई किन हटाएको ?


appharu
   ४ भाद्र २०७५, सोमबार


काठमाडौं । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्मालाई सरुवा गरेको विषयमा सरकारमाथि संसदमै प्रश्न उठेको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद भरतकुमार शाहले आयोजना प्रमुखको सरुवाले सरकारको नियतमाथि आशंका उत्पन्न भएको बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना प्रमुख शाहको सरुवा गर्दै उनलाई बाराको निजगढ विमानस्थल आयोजनामा लगेको छ ।

आयोजना प्रमुख शर्माले लामो समयदेखिको स्थानीयवासीको मुआब्जासम्बन्धी समस्या समाधान गरेको भन्दै शाहले प्रशंशा गरे ।

“जसले वर्षौंदेखिको मुआब्जाको समस्या सल्टायो, उसैको सरुवा गर्ने ?” सोमबारको संसदमा सांसद शाहले भने “यसले सरकार विमानस्थल निर्माणमा कतै गम्भीर छैन की भन्ने आशंका उत्पन्न भएको छ ।”

बैठकमा सांसद शाहले सालझन्डीको सैन्य तालिम केन्द्रमा सहायक सेनानीको तालिमकै अवस्थामा शंकास्पद निधन भएको भन्दै छानबिनको मागसमेत गरे ।

प्रकाशित : ४ भाद्र २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह