Logo

विकास / पूर्वाधार

ओली सरकारलाई झट्का ! पश्चिम सेतीबाट चिनियाँ कम्पनीले हात झिक्यो


appharu
   १३ भाद्र २०७५, बुधबार


काठमाडौं । चीनबाट ठूलो लगानी ल्याउने सरकारी प्रयाशमा झट्का लागेको छ । नयाँ लगानी त परैको कुरा यसअघि नै नेपाल भित्रिन धेरै तयारी पूरा गरिसकेको एक चिनियाँ कम्पनी सरकारको अपरिपक्वताकै कारण फर्केको छ ।

बहुचर्चित पश्चिम सेती जलविद्युत् आयोजनाबाट समेत चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिकेको छ । चाइना थ्री–गोर्जेज इन्टरननेसनल कर्पोरेसन (सीटीजीआई) र लगानी बोर्डबीच भएको वार्ता असफल भएको छ । क्षमता घटाएर पनि पश्चिम सेती आयोजना बनाउन कम्पनीले अस्वीकार गरेको जनाइएको छ ।

 

चिनियाँ प्रतिनिधिसँग भएको वार्तामा लगानी बोर्डले यसपटक परियोजनाको क्षमता ७ सय ५० मेगावाटबाट घटाएर ६ सय मेगावाटमा झार्न सहमति दिएका थिए । यस्तै, अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गर्ने प्रस्ताव गरेको थियो ।

तर, थ्री गर्जेजले आयोजना अघि बढाउन मानेन । प्राविधिक, पुनर्वास लगायतका धेरै विषयका कारण परियोजना वित्तिय रुपमा सम्भाव्य नरहेको उसले बताएको छ ।

यसरी सरकारको २०६८ सालदेखिको मेहनतसमेत खेर गएको छ । थ्री गर्जेजले विद्युत् खरिद दर बढाउनुपर्ने लगायतका माग राख्दै काम अघि बढाएको थिएन । यसअघि आफैं ६०० मेगावाटमा बनाउने प्रस्ताव गरे पनि त्यसमा समेत अहिले उक्त कम्पनी सहमत भएन ।

प्रकाशित : १३ भाद्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह