Logo

सूचना/प्रविधि

डोनाल्ड ट्रम्प भन्छन्– गुगल खतरनाक फेक न्यू मिडिया हो !


appharu
   १४ भाद्र २०७५, बिहिबार


वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि नै डोनाल्ड ट्रम्पका विषयमा संसारभर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । उनका राम्रा कुरा विरलै सुनिन्छन् भने उनको अन्ध राष्ट्रवाददेखि चीनसँगको व्यापार युद्ध र आप्रवासीप्रतिको व्यवहारलाई लिएर आलोचना भइरहेको छ ।

पछिल्ला दिनमा अमेरिकी राष्ट्रपति ट्रम्प विश्वव्यापी सर्च इन्जिन गुगलसँग पनि रिसाएका छन् । उनले यस्तो आरोप लगाएका छन् कि गुगलले आफ्नो छवी खराब बनाइरहेको छ । त्यसैले उनी विश्वभर रुचाइएको यो सर्च इन्जिनमाथि कारबाहीको ध्वाँससमेत दिइरहेका छन् ।

गुगलसँग ट्रम्पले डोनाल्ड ट्रम्प रिसाउनुको कारण भने झनै रोचक छ । आपूm राष्ट्रपति भएपछि मिडियाले आफ्नो बिरुद्धमा प्रचार गरेको र त्यसलाई गुगलले सहयोग गरेको उनको आरोप छ ।

गुगल उनको बिरुद्धमा नकारात्मक खबर सर्च गर्नमा अहम भूमिकमा निभाइरहेको उनले बताएका छन् । अमेरिकी मिडिया सीएनएन यसैपनि ट्रम्पको निशानामा परेको छ भने अब गुगल पनि उनको आक्रोशको शिकार बन्ने अवस्थामा रहेको छ ।

अमेरिकी वेबसाइट यूएस टुडेका अनुसार यदी गुगलमा ‘इडियट’ शब्द खोजियो भने सबैभन्दा पहिला डोनाल्ड ट्रम्पको तस्बिर आउछ । यो विषयमा पहिलानै बबाल मच्चिसकेको छ ।

आफ्नो ट्वीटर पोष्टमा मंगलबार ट्रम्पले लेखेका छन्, “ट्रम्प लेखेपछि गुगल सर्च रिजल्टमा केबल मेरो बिरुद्धका समाचारहरु देखा पर्छन । यो फेक न्यू मिडिया हो । जसमा अधिकांश खबर नकारात्मक छ । यसमा नक्कली सीएनएन सबैभन्दा अहम देखिएको छ,  रिपब्लिकन/कन्जर्भेटिभ तथा निष्पक्ष मिडिया सबै खत्तम भइसकेका छन् । यो सब अवैध हो ।”

अर्को ट्वीटमा ट्रम्पले ९६ प्रतिशत भन्दा पनि बढी ट्रम्पको न्यूज सर्चमा राष्ट्रिय बामपन्थी मिडियाको हात भएको बताएका छन् । यो धेरैनै खतरनाक हो । गुगल तथा अन्य कम्पनीले कन्जर्भेटिभको आवाज दबाउदै आएको छ । जसलाई हामी देख्न सक्छौ र सक्दैनौ पनि । यो बिलकुल गम्भीर कुरा भएको उनले बताए ।

प्रकाशित : १४ भाद्र २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह