Logo

मुख्य समाचार

भारतीयको रेकर्ड तोड्दै नेपालका अनन्तराम केसीको विश्व कीर्तिमान


appharu
   १५ भाद्र २०७५, शुक्रबार


काठमाडौं । नेपालका अनन्तराम केसीले सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान रचेका छन् ।

विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ लगातार ९० घण्टा २ मिनेट सम्म बोल्दै केसीले विहिवार मध्य रात नयाँ विश्व कीर्तिमान कायम गरेका हुन ।
केसीको कीर्तिमान गिनिज वल्र्ड रेकर्डस्मा दर्ता भएको छ ।
यसअघि यो कीर्तिमान भारतका केपी भाल साराजानको नाममा थियो । उनले केही महिना अघि लगातार ८१ घण्टा १६ मिनेट प्रवचन दिएर विश्व कीर्तिमान राखेका थिए ।
गिनिज वल्र्ड रेकर्डस्का प्रतिनिध स्वप्निल डाङगारिकार, प्रदेश सभासद् जीवन डंगोल लगायतले विहिवार नै केसीलाई विश्व कीर्तिमान कायम गरे बापत् गिनिज वल्र्ड रेकर्डस्को प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
राजधानीको गोकर्णेश्वर–५ स्थित इस्ट पोल स्कुलको हलमा सोमबार विहानदेखि शुरु भएको केसीको प्रवचन विहिवार मध्यरातमा सम्पन्न भएको अभियानका संयोजक न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिएका छन् ।

शिक्षण पेशा छोडेर केसी हाल अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा सक्रिय छन् ।

प्रकाशित : १५ भाद्र २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह