Logo

विचार/दृष्टिकोण

बिमस्टेकको चर्चामात्रै धेरै भयो, नेपालले कुनै फाइदा लिन सकेनः कांग्रेस


appharu
   १६ भाद्र २०७५, शनिबार


काठमाडौं, १६ भदौ । पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले बिमस्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् ।
काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाईदा लिन नसकेको उनको आरोप छ ।
बिमस्टेकमा रहेका अरु राष्ट्रले पनि यसबाट कसरी फाईदा लिने भन्ने विषयमा धेरै चासो नदिएका कारण यसको प्रभावकारिता बढ्न नसकेको उनले बताए ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. महतले व्यापार, लगानी, पर्यटन र पारवहनको क्षेत्रमा बिमस्टेक राष्ट्रहरुले समन्वय गर्नुपर्नेमा जोड दिए ।
महतले नेपालले बिमस्टेक राष्ट्रहरुसँग सहकार्य गरेर व्यापार घाटा कम गर्न सक्नुपर्नेमा जोड दिए । ग्रिड कनेक्टिभिटीमा सम्झौता भएपनि यसको कार्यान्वयन पक्ष स्पष्ट नभएको उनले गुनासो गरे ।
ग्रिड कनेक्टिभिटी सम्झौता कार्यान्वनय हुने हो भने नेपालमा विद्युत उत्पादन गरेर अरु देशमा बेच्न सकिने भएकाले यसका लागि नेपाललेनै प्रभावकारी भूमिका खेल्नुपर्ने महतले बताए ।
बिमस्टेक राष्ट्रबीच रेलवे र सडकमार्ग विस्तार गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रको विकास सहज हुने महतको भनाई छ ।
“म्यानमार–थाइल्याण्ड जोड्ने रेलवे र सडकमार्ग बन्ने हो भने बौद्ध धर्मावलम्वीहरुलाई लुम्बिनी ल्याउन सकिन्छ । पर्यटनसँग सम्बन्धित अरु धेरै कार्यक्रम गर्न सकिन्छ ।”–उनले भने ।
नेपालमा रेल ल्याउने योजना राम्रो भएपनि यसका लागि नेपालसँग पुँजी नभएको भन्दै भारत वा चीन जहाँबाट रेलमार्ग बनाएपनि त्यही देशले बनाइदिनुपर्ने उनको भनाई छ ।
अहिलेको सरकारले स्पष्ट परराष्ट्र नीति बनाउन नसकेको महतको आरोप छ । “सत्तारुढ दल नेकपा सरकारबाहिर हुँदा एकथरी र सरकारमा हुँदा अर्कोथरी कुरा गर्छ । यसरी परराष्ट्र नीति राम्रो हुँदैन ।”–महतले भने ।
बिमस्टेकमा आएका केही पाहुनाहरुले आफ्नै देशका सुरक्षाकर्मी ल्याउनु दुःखद् भएको भन्दै उनले नेपाल सरकारले नेपालको सुरक्षा व्यवस्थाबारे पाहुनालाई विश्वस्त बनाउन नसकेको बताए ।
नेपालको सुरक्षा व्यवस्था सक्षम भएपनि सरकारले अन्तर्राष्ट्रिय रुपमा विश्वास दिलाउन नसकेको उनको जिकिर छ ।
फरक प्रसंगमा उनले कांग्रेसमा पार्टी सभापतिलाई दिने अधिकारको विषयमा बहस भएको बताए । केन्द्रिय समिति र महासमिति बैठकमा सभापतिको क्षेत्राधिकारको विषयमा वृहत्त छलफल गरिने महतले बताए ।
पार्टीभित्रको गुट उपगुटलाई कार्यकर्ताले स्विकार गर्न नसक्ने भन्दै उनले यस विषयमा नेताहरु सचेत हुनुपर्ने बताए ।

प्रकाशित : १६ भाद्र २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह