Logo

बैंक / बिमा /शेयर

नबिल बैंकको शैक्षिक कर्जा अझ सहज, अफर लेटरअघि नै कर्जा पाइने


appharu
   १८ भाद्र २०७५, सोमबार


काठमाडौं । नबिल बैंकले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रकृयालाई अझै सहज बनाएको छ ।

अब विद्यार्थीहरुले सम्बन्धित कलेज÷विश्वविद्यालयबाट भर्नाको लागि अफर–लेटर प्राप्त गर्नुअघि नै शैक्षिक कर्जाको लागि बैंकमा आवेदन गर्न सक्नेछन ।

विद्यार्थीहरुले प्रयासरत कलेज/विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रष्टपार्ने कागजात सहित बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन ।

यो नयाँ व्यवस्थाले शैक्षिक कर्जा सेवा प्रदान गर्न अत्यन्त सहज हुने अपेक्षा गरिएको बैंकले जनाएको छ । यजसबाट विद्यार्थीलाई एकातिर कर्जा प्रकृयाको लागि पर्याप्त समय उपलब्द हुनेछ भने शत्रमा देखिने चाप तथा छोटो समयमा प्रकृया पु¥याउनुपर्ने वाध्यताबाट विद्यार्थीहरु मुक्त हुनेछन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह भन्छन्, “विद्यार्थीहरुको लागि अझ राम्रो सेवा प्रदान गर्ने उदेस्यले शैक्षिक कर्जा प्रकृया सरल र सहज बनाइएको हो । यस्तो प्रकारको कर्जा आवेदन गर्न अब विद्यार्थीहरुले कलेज÷विश्वविद्यालयबाट अफर–लेटरको लागि लामो समय प्रतिक्षा गरिरहनु पर्दैन । नबिल बैंक आफ्ना सबै ग्राहकहरुलाई सरल किसिमबाट सेवा प्रदान गर्न सँधै प्रतिवद्ध रहेको छ ।”

संशोधित शैक्षिक कर्जा प्रकृयाको वारेमा जानकारी गराउनको लागि बैंकले विभिन्न शैक्षिक परामर्शदाताहरुसँग भदौ ८ गते अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह लगायत उपस्थित थिए ।

नबिल बैंकले ७४ शाखा, ११८ एटिएम काउण्टर र १५०० भन्दा बढी रेमिट एजेण्ट रहेका छन् ।

प्रकाशित : १८ भाद्र २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह