Logo

विकास / पूर्वाधार

काठमाडौं–कुलेखानी– हेटौंडा सुरुङमार्ग अध्यक्षमा फेरि भवन भट्ट


appharu
   २० भाद्र २०७५, बुधबार


काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट काठमाडौं–कुलेखानी– हेटौंडा सुरुङमार्ग निर्माण गर्ने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको अध्यक्षमा चयन भएका छन् ।

यसअघि पनि केही समय अध्यक्ष भएका भट्टलाई कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा चयन गरेको हो ।

टिबीआई समूहमार्फत नेपालमा ब्रुअरी, मिडिया, एभिएसन, अटोमोबाइल, होटल, सूचना प्रविधि तथा एजुकेसनलगायतका व्यवसायमा संलग्न भट्ट यो आयोजनामा तत्कालीन अध्यक्ष कुशकुमार जोशीले राजीनामा दिएपछि नेतृत्व सम्हालेका थिए ।
भट्टले पनि राजीनामा दिएपछि कम्पनीको नेतृत्व लालकुमार केसीले सम्हालेका थिए ।

“नेपालको निजी क्षेत्रद्वारा प्रवद्र्धित र सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा बन्ने यो आयोजनाको निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको यसअघि छोटो समय कम्पनीको नेतृत्व गरेका भट्ट गैरआवासीय नेपाली संघका अध्यक्षसमेत हुन्,” कम्पनी सचिव प्रतापसिंह ठकुराठीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ठकुराठीका अनुसार बैठकले पुसभित्रै कम्पनीको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २० भाद्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह