Logo

Sub-banner

तातोपानीमा फलामे बार लगाएर चीनद्वारा नेपाललाई सामुद्रिक बन्दरगाहसम्मको पहुँच


appharu
   २२ भाद्र २०७५, शुक्रबार


काठमाडौं । नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने गरी दुई देशले पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल)लाई अन्तिम रूप दिएका छन् । यससँगै नेपाल र चीनबीच दुई वर्षअघि भएको पारवहन तथा यातायात सम्झौैता कार्यान्वयन आउने बाटो खुला भएको छ ।

तर, यो सम्झौताबाट नेपालले फाइदा लिन भने सक्ने अवस्था छैन । किनकी नेपाल र चीनबीच स्थलमार्गबाट सहज पहुँचको अवस्था अहिले पनि छैन र चिनियाँ पक्षले विभिन्न बहाना देखाउँदै तातोपानी नाका खोल्न आनाकानी गरिरहेको छ ।

दुई देशका प्रतिनिधिबीच बिहीबार राति एक बजेसम्म जारी बैठकले सम्झौताको कार्यविधिलाई अन्तिम रूप दिएर तेस्रो देशसँग हुने व्यापारका लागि भारतीय निर्भरताको अन्त्य भएको भन्दै प्रचार गरियो । प्रचार यतिसम्म गरिएको छ कि भोलिदेखि नै भारतको कोलकाता बन्दरगाहबाट नेपालले सामान ल्याउन छाडेर चिनियाँ बन्दरगाह प्रयोग गर्दैछ ।

सबैभन्दा अचम्म त के छ भने सम्झौतामा नेपालले आफूलाई सहज हुने चीनको कुनै पनि बन्दरगाह प्रयोग गर्न पाउने उल्लेख छ । तर, चीनबाट बल्क कार्गोसमेत ओसारपसार गर्न मिल्ने तातोपानी नाका चीन आफैंले फलामे ढोका लगाएर बन्द गरेको छ र विकल्पमा दिएको केरुङ नाका वर्षमा ६ महिनाभन्दा बढी बन्द नै हुन्छ ।

यद्यपि, नेपालले चीनको बन्दरगाह उपयोग गर्न पाएको अवस्थामा खासगरी दक्षिण कोरिया, जापान र ती नजिकका देशबाट सामान ल्याउँदा नेपाललाई सहज भने हुनेछ । तर तातोपानी नाका नखोल्ने र अन्य नाका निर्माणमा कुनै तदारुकता नभएकाले यो सुविधा उपयोग गर्न काठमाडौं–केरुङ रेल नै कुर्नुपर्ने देखिन्छ ।

प्रकाशित : २२ भाद्र २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह