Logo

अर्थनीति

चीनसँग पारवहन सम्झौतालगत्तै भारतको अर्को बन्दरगाहबाट कार्गो रेल नेपालमा !


appharu
   २६ भाद्र २०७५, मंगलबार


काठमाडौं । चीनसँग पारवहनसम्बन्धी सम्झौता भएको एक साता नबित्दै दक्षिणी छिमेकी मुलुक भारतको अर्को बन्दरगाहबाट पनि नेपालले सुविधा उपभोग गरेको छ ।

चीनसँगको भएको सम्झौता कागजमा मात्र सीमित हुने टिप्पणी भइरहेका बेला भारतको बहुचर्चित विशाखापट्टनम बन्दरगाहबाट पहिलोपटक इलेक्ट्रोनिक्स कन्टेनर ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको मालवाहक रेल नेपालको सुक्खा बन्दरगाहमा आइपुगेको छ ।

जतिबेला नेपाल र चीनबीच पारवहन सुविधाको प्रोटोकलमा हस्ताक्षरका लागि काठमाडौंमा वार्ता भइरहेको थियो, ठिक त्यही बेला अर्थात भदौ १२ गते विशाखापट्टनमबाट नेपालको वीरगन्जस्थित सुक्खा बन्दरगाहका लागि मालवाहक रेल आउँदै थियो ।

विशाखापट्टनमबाट १४ औं दिनमा सोमबार यो रेल सिर्सियाको सुक्खा बन्दरगाहमा आइपुगेको हो । २० फिट र ४० फिटको कन्टेनर बोकेको रेलमा विशाखापट्टनम बन्दरगाहमा लगाइएको इलेक्ट्रोनिक्स कन्टेनर ट्र्याकिङ सिस्टमसहितको मालवाहक रेल आएको छ ।

सबैभन्दा राम्रो पक्ष त के छ भने यो रेल विशाखापट्टनमबाट कहाँ आइपुग्यो भनेर वीरगन्जबार्टै अनुगमन गर्न सकिनेछ । कोलकाता बन्दरगाहबाट आउने रेलहरू त्यहिँ सबै भन्सार जाँचपास कागज बनाएर ल्याउनुपर्ने बाध्यताका कारण समय पनि लाग्ने र झन्झटिलो पनि रहे पनि अब भने त्यो अवस्था रहेन ।


विशाखापट्टनमबाट आउने रेलमा भने अब सिधा सिपिङ कम्पनीले वीरगन्जमा सीआईएफ दिने भएकोले कोलकाताबाट आयात गर्दा लाग्ने विलम्ब शुल्क तथा ड्यामरेज चार्जबाट भने नेपाली आयातकर्ताहरू मुक्त हुने भएका छन् ।

प्रकाशित : २६ भाद्र २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह