Logo

मुख्य समाचार

निर्माण व्यवसायी महासंघमा देउजा र थापाको पक्षमा माहौल बनाउँदै भक्तपुर संघ


appharu
   २८ भाद्र २०७५, बिहिबार


भक्तपुर । नेपाल निर्माण व्यवसायी महासंघको आगामी आश्विन ४, ५ र ६ गते काठमाडौंको प्रज्ञा भवनमा हुन गइरहेको २०औं साधारणसभा एवम् ११औं महाधिवेशनमा महासंघका वर्तमान महासचिव रामशरण देउजाले अध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

निर्माण व्यवसायी संघ भक्तपुरले आयोजना गरेको व्यवसायी भेलामा देउजाले उम्मेदवारी घोषणा गरेका हुन् ।

महासचिव देउजाले ‘अहिलेको आवश्यकता युवाहरुको सामूहिक नेतृत्व र एक्यबद्धता, अग्रजहरुको सम्मान र व्यवसायिक अनेकताभित्रको एकता, बिकेन्द्रिकरण र अवसरको सुनिश्चितता यहि हो मेरो प्रतिवद्धता’ भन्ने नाराका साथ निर्वाचनमा उम्मेदवारका रुपमा खडा हुन लागेको जानकारी दिए ।

देउजाले मुलुक समृद्धिको यात्रामा अगाडि बढेको अवस्थामा समृद्धिको प्रमुख आधारका रुपमा रहेका निर्माण व्यवसायीहरुको छाता संस्था निर्माण व्यवसायी महासंघलाई अहिले सर्वसम्मत नेतृत्वको आवश्यकता रहेको समेत उल्लेख गरे ।

उनले यदि सर्वसम्मत नेतृत्व चयन हुन सक्ने अवस्थामा भने आफु सहमतिको बाधक नबन्ने समेत प्रष्ट पारे ।

भेलामा महासंघका पूर्व केन्द्रिय सदस्य तथा भक्तपुर संघका सल्लाहकार बिरेन्द्र थापाले महासंघको महाधिवेशनमा प्रदेश नं. ३ को तर्फबाट उपाध्यक्ष बन्ने घोषणा गरे ।

दुवै उम्मेदवारलाई जिल्ला संघले एकताबद्ध भएर सहयोग गर्ने जनाएको छ ।

भेलामा निर्माण व्यवसायी संघ प्रदेश नं. ३ का पूर्व अध्यक्ष कृष्णलाल भँडेल, संघका संस्थापक अध्यक्ष मधुराम लामिछाने, पूर्व अध्यक्षहरु केशव न्यौपाने, राजाराम न्हिसुतु, वर्तमान अध्यक्ष निरञ्जन बजगाईलगायतले देउजा र थापाको उम्मेदवारी व्यक्तिको मात्र नभै भक्तपुर निर्माण व्यवसायी संघकै उम्मेदवारी र प्रतिष्ठाको बिषय भएकाले एकताबद्ध भएर दुवै उम्मेदवारलाई निर्वा्चित गराउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित : २८ भाद्र २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह