Logo

अर्थनीति

दसैंको मुखमा सरकारको उपहारः इन्धनमा मूल्यवृद्धि, बजारभाउ बढ्ने


appharu
   १ आश्विन २०७५, सोमबार


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल र मटीतेलको मूल्य ३ रुपैयाँ बढाएको हो ।

अब पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मटीतेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ । ग्यास र हवाई इन्धनमा भने मूल्य बढाइएको छैन ।

निगमले मूल्य बढाएपछि पनि मासिक नोक्सानी ५० करोड रुपैयाँ हुने दावी गरेको छ ।

असोज १ अर्थात दसैं सुरु हुनै लाग्दा मूल्यवृद्धि गरिएकाले यसले समग्र उपभोग्य वस्तुको मूल्यमा चाप पर्नेछ । सुशासन र समृद्धिको नारा दिएर निर्वाचित दुई तिहाईको सरकारले जनतामाथि एकपछि अर्को भार थप्दै गएको सर्वसाधारणको अनुभव छ ।

प्रकाशित : १ आश्विन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह