Logo

कर्पोरेट-बजार

यती एयरलाइन्सको तेस्रो एटीआर जहाज काठमाडौंमा


appharu
   २ आश्विन २०७५, मंगलबार


काठमाडौं । यती एयरलाइन्सले तेस्रो एटीआर भित्र्याएको छ ।

मंगलबार २ः५०मा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको यो जहाज एटीआर–७२–५०० मोडलको हो । यससँगै यतिसँग जहाज संख्या ९ वटा पुगेको छ ।

यस विमान फ्रान्सको टुलुस–इटली–इजिप्ट–मस्कट हुँदै काठमाण्डौं अवतरण गरेको जनाइएको छ । उक्त विमानमा चालक दलका सदस्यहरु क्या.प्रमोद पौडेल, क्या.रमोद श्रेष्ठ, क्या.सुरेन्द्र कुँवर, वरिष्ठ इञ्जिनियर सुरेश कुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति तथा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुली थिए ।

एटीआर–७२–५०० फ्रान्सेली–इटालियनको सहकार्यमा उत्पादित ट्वीन इञ्जिन टर्बोप्रप विमान हो । यसको उत्कृष्ट निर्माण र प्रदर्शनले गर्दा यस जहाज संसारको सबैभन्दा सफल क्षेत्रिय क्यारियरहरुमध्येमा पर्दछ ।

एटीआर–७२–५०० विमानको विश्व प्रसिद्ध ग्लोबल अपरेटरहरु एयर न्यूजिल्याण्ड, एयर लिङ्स, एस.ए.एस, एच ओ पी, फ्लिव, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दोलगात हुन् ।

यतिका अनुसार यो विमान के एफ् टर्बो लिजिङ्ग लिमिटेड बाट खरिद गरीएको हो । यो नेपालमा रहेका एटीआर ७२ विमानमध्येमा सबैभन्दा नयाँ विमान हुनेछ । यो विमान थपिंदा यति एयरलाइन्सले यसैबाट सेवा विस्तार गरेर भद्रपुर र पोखरासम्मको सेवा प्रदान गर्नेछ ।

यति एयरलाइन्सले १९९८ मा सेवाको थालनी गरेको हो र हाल यति एयरलाइन्ससंग ३ वटा एटीआर–७२–५०० र ६ वटा बिएई जेटस्ट्रिम ४१ जहाज रहेका छन् ।
त्यसैगरी यसको सहायक कम्पनी तारा एयरसंग २ वटा डोर्नियर डीओ–२२८, २ वटा ट्वीनअटर डीएचसी–३०० र २ वटा ट्वीनअटर भाइकिङ ४०० सिरिजका जहाज छन् ।

प्रकाशित : २ आश्विन २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह