Logo

सूचना/प्रविधि

ग्यालेक्सी नोट–९ मा आगो लागेको भन्दै सामसङविरुद्ध अमेरिकामा मुद्दा


appharu
   ३ आश्विन २०७५, बुधबार


न्युयोर्क । सामसङको पछिल्लो उत्पादन ग्यालेक्सी नोट–९ पनि विवादमा तान्ने प्रयाश भएको छ । अमेरिकामा एक ग्राहकले नोट–९ तातेर आगो लागेको तथा उक्त समयमा सुसेलेको जस्तो आवाज आएको दाबी गरेकी छन् ।

न्युयोर्क पोष्टका अनुसार आफ्नो पर्समा रहेको ग्यालेक्सी नोट–९ मा आगो लागेको डायने चङ भन्ने व्यक्तिले दावी गरेकी छिन् । चङले आफू ह्याम्बर्गमा विद्युतीय भ¥याङमा भएको समयमा उनको फोनमा आगो लागेको उनले बताइन् ।

चङले यो विषयमा अदालतमा मुद्दा पनि हालेकी छन् । आफ्नो पर्समा रहेको ग्यालेक्सी नोट–९ अत्यन्त तातो भएको र सुसेलेको जस्तो आवाज सुनेको उनले अदालतमा पेस गरेको दस्तावेजमा उल्लेख गरेकी छन् ।
त्यसपछि पर्सबाट बाक्लो धूवाँ निक्लन थालेको उनले बताएको पोस्टले जनाएको छ ।

धूवाँ देखिएपछि चङले आफ्नो ब्यागलाई विद्युतीय भ¥याङ (इलेभेटर) को भुइँमा राखेको र त्यहाँबाट फोन हटाउने प्रयास गरेको बताइन् । यसो गर्दा आफ्नो आंैला पोलेको र अत्यन्त पीडा भएको उनले दायर गरेको मुद्दामा उल्लेख गरिएको छ । इलेभेटरमा बाक्लो धूवाँका कारण आफ्नो दृष्टि क्षमतामै कमी आएको उनले बताइन् ।

लबीमा आएपछि उनले फोन फालेको र अन्य कोहीले कपडाको सहयोगमा ग्यालेक्सी नोट–९ उठाएको बताइन् । उक्त व्यक्तिले अझै आगो लागिरहेको फोनलाई पानीको बाल्टिनमा हालेको र घटना सामसुम भएको उनले बताएको न्युयोर्क पोस्टमा उल्लेख गरिएको छ ।

यो विषयमा सामसङले अनुसन्धान गरिरहेको छ ।

“सामसङले उपभोक्ताको सुरक्षालाई गम्भीरतापूर्वक लिन्छ र हामी अमेरिकामा प्रयोगमा रहेका लाखौं ग्यालेक्सी डिभाइसको गुणस्तरमा ध्यान दिन्छौं,” सामसङका प्रवक्ताले बताए । “हामीले ग्यालेक्सी नोट–९ डिभाइससँग सम्बन्धित अन्य समान खालका घटना पाएका छैनौं र हामी यो विषयमा अनुसन्धान गरिरहेका छांै ।”

यो घटनाले २०१६ को सामसङ ग्यालेक्सी नोट–७ को विषयलाई पुनः स्मरण गराएको छ । उक्त समयमा विश्वका कतिपय ठाउँमा सामसङको ह्यान्डसेट अधिक तातेको थियो र आगो लागेको थियो । समस्या अत्यन्त खराब भएको थियो । सामसङ फोन फिर्ता गर्न र अन्य फोन बिक्रीमा रोक लगाउनका लागि बाध्य भएको थियो ।

प्रकाशित : ३ आश्विन २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह