Logo

Sub-banner

त्रिभुवन विश्वविद्यालयको बजेट २१ अर्ब, विद्यार्थी भने बर्सेनि घट्दै


appharu
   ३ आश्विन २०७५, बुधबार


काठमाडौँ ।  कुनै समय निकै चर्चा र विद्यार्थीमाझ लोकप्रिय रहेको त्रिभुवन विश्वविद्यालयका चार्म घट्दै गएको छ ।

विद्यार्थी भर्ना र नतिजाको अवस्थाले यो विश्वविद्यालयको चार्म घट्दै गएको छ । पुरानो चार्म फर्काउन त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ ।

त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी नौ अर्ब ७९ करोड ६ लाख २८ हजार आन्तरिक स्रोतबाट व्यहोर्ने प्रस्ताव पारित गरिएको रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिएका छन् ।


पूर्वाधार निर्माण, सेमेस्टर प्रणालीको सुदृढीकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तार, अनुसन्धान, प्राविधिक शिक्षाको विस्तार र पाठ्यक्रम परिमार्जनमा खर्च गरिने छ । सभामा प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बजेट जुन क्षेत्रमा पनि न्यून रहेको भन्दै त्रिविलाई आफ्नो स्रोत र साधन अनुकूल आफ्ना नीति कार्यक्रम निर्धारण गरी सञ्चालन गर्न सुझाव दिए ।

त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले विकासका लागि त्रिवि भिजन २०३० तयार गरी कार्यान्वयन गर्न लागिएको भन्दै सम्पूर्ण अध्ययन संस्थान, सङ्काय, केन्द्रीय विभाग तथा आङ्गिक क्याम्पसलाई उत्कृष्ट केन्द्रका रुपमा विकास गर्ने बताए ।

सभाले त्रिवि कार्यकारी परिषद्को सदस्यमा वनस्पतिशास्त्रका प्रा डा मोहनप्रसाद पन्थी र शिक्षाशास्त्र सङ्कायका डिन प्रा डा कृष्णप्रसाद गौतमको नामसमेत अनुमोदन गरेको छ ।

प्रकाशित : ३ आश्विन २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह