Logo

अर्थनीति

इन्धनमा मूल्यवृद्धिपछि ढुवानीको समस्याः बजारमा हाहाकार, सरकार रमिते मात्रै ?


appharu
   ४ आश्विन २०७५, बिहिबार


काठमाडौं । सरकारले जनअपेक्षाविपरीत दसैंको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेलगत्तै इन्धनका क्षेत्रमा अर्को समस्या देखिएको छ । सरकारको व्यवस्थापकीय कमजोरीका कारण बजारमा इन्धन अभाव देखिन थालेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले अथवा इन्डियन आयल कर्पोरेसनले बक्यौता नतिरेको भन्दै इन्धन रोकेको होइन । न त नाका अवरोधले नै इन्धन आयात रोकिएको हो ।

बजारमा पेट्रोलियम पदार्थको अभाव देखिनुको एकमात्र कारण भने इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्यांकर सञ्चालन रोकेकाले नै हो ।

नेपाल आयल निगमले तत्काल ढुवानी सुचारु नगरे सम्झौता रद्द गर्ने चेतावनी त दिएको छ तर राजनीतिक हस्तक्षेपले दाह्रानङ्ग्रा खिइसकेको निगमको चेतावनीसँग व्यवसायी तथा चालकहरु रत्तिभर डराएका छैनन् ।

निगमभन्दा ट्याङ्कर चालक नै शक्तिशाली देखिनु मुलुकको दुर्भाग्य हो ।

निगमले बुधबारै सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने, पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ ।

तर, इन्धन ढुवानीकर्ताहरु भने ट्याङ्कर चालकले उठाएका तलब, भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा हुनुपर्ने माग राख्दै आन्दोलनमा छन् ।

इन्धन ढुवानीकर्ता तथा ट्याङ्कर चालकले यस्ता माग राख्दै मङ्गलबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकेका हुन् ।

प्रकाशित : ४ आश्विन २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह