Logo

विकास / पूर्वाधार

पुवाखोला दोस्रोमा एनबी बैंकले ६० करोड लगानी गर्ने


appharu
   ५ आश्विन २०७५, शुक्रबार


काठमाडौं । पिपल्स पावर लिमिटेडले निर्माण गरिरहेको ४.९६ मेगावाट क्षमताको पुवा दोश्रो जलविद्युत आयोजनामा नेपाल बंगलादेश बैंकले ऋण लगानी गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ ।

नेपाल बंगलादेश बैंक लिमिटेड र आयोजना प्रवद्र्धक कम्पनी पिपल्स पावर लिमिटेड बीच उक्त ऋण सम्झौता भएको हो ।

९० करोड कूल लागत रहने आयोजनामा बैंकले ६० करोड ऋण र प्रबद्र्धकहरुको तर्फबाट ३० करोड स्वपूँजी लगानी भई आयोजना सम्पन्न हुनेछ ।

इलाम जिल्लाको इलाम नगरपालिका वार्ड नं. १ साँखेजुङ्ग र वार्ड नं. ४ माइपोखरी भई बग्ने पुवा खोलामा यो आयोजना निर्माण भैरहेको छ ।

ऋण सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले र कम्पनीको तर्फबाट अध्यक्ष विरेन्द्र बहादुर न्यौपानेले हस्ताक्षर गरेका छन् ।

४.९६ मेगावाट क्षमताको आयोजना र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता भई विद्युत उत्पादन अनुमति पत्र प्राप्त गरी आयोजनाले करिब २५ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित : ५ आश्विन २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह