Logo

बिजनेस होम

ओली सरकारको अर्को अलोकप्रिय निर्णयः चाडबाडको मुखैमा गाडी भाडा बढ्यो


appharu
   ६ आश्विन २०७५, शनिबार


काठमाडौं । केपी ओली नेतृत्वको दुई तिहाई बहुमतसहितको सरकारले मुख्य चाडबाड दसैं, तिहार र छठको मुखैमा सार्वजनिक यातायातको भाडा वृद्धि गरेर जनतालाई थप सास्ती दिएको छ ।

अब सार्वजनिक यातायातमा यात्रा गर्नेले साविकभन्दा १० प्रतिशत बढी शुल्क बेहोर्नुपर्नेछ ।

पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धि पछि यातायात भाडा बढ्ने निश्चिप्रायः रहे पनि नेपालीहरुको सबैभन्दा महान पर्वहरु नजिकिएका बेला भाडा बढाउने अलोकप्रिय निर्णय भएको छ ।

यातायात व्यवसायीले भनेबमोजिम इन्धनको मूल्यवृद्धि फिर्ता लिइदिएको भए १ महिनामा सरकारलाई २० करोड हाराहारीमा घाटा हुने भए पनि नयाँ निर्णयले साधारणमाथिको अर्बौं रुपैयाँ हाराहारीमा अतिरिक्त खर्च बेहोर्नुपरेको छ ।

यातायात भाडा वृद्धिको असर गाडी चढ्दामा मात्र सीमित हुने छैन । यसले दैनिक उपभोग्य वस्तु सबैको मूल्यमा चाप पर्नेछ ।

यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए ।

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो । यो सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।

यस्तै, समयसापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ ।

वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।

प्रकाशित : ६ आश्विन २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह