Logo

बिजनेस होम

पर्यटन र शान्ति प्रवर्द्धनका लागि म्युजिक भिडियो ‘द भ्याली अफ लाइट’


appharu
   ६ आश्विन २०७५, शनिबार


काठमाडौं । नेपालमा शान्ति तथा पर्यटन प्रवर्द्धनका लागि सहयोग पु¥याउने उद्देश्यले द भ्याली अफ लाइट नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

नेपाल पर्यटन बोर्डका लागि युरोपियन युनियनको सहयोगमा तयार गरिएको यो म्युजिक भिडियोको शुक्रबार एक विशेष कार्यक्रमबीच युरोपियन युनियनका राजदूत भेरोनिका कोडी र बोर्डका कार्यकारी प्रमुख (सिइओ) दीपकराज जोशीले सार्वजनिक गरे ।

यो म्युजिक भिडियो नेपाल पर्यटन बोर्डको फेसबुक पेजमा हेर्न सकिन्छ ।

म्युजिक भिडियो सार्वजनिक गर्दै राजदूत कोडीले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनकालागि यो गीत एउटा उत्कृष्ट माध्यम भएको बताए । बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यो एउटा संगीतमात्रै नभएर निकै सह्रानीय उद्देश्यका लागि सिर्जना गरिएकोले यसले नेपालमा शान्ति तथा पर्यटन प्रवद्र्धन गर्न सहयोगी हुने धारणा राखे ।

६ मिनेट ३० सेकेण्ड अवधिको गीतमा नेपाली कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, रवीन तामाङ, कुन्ति मोक्तान, इन्दिरा जोशी, क्यानेडियन कलाकार ताहिर कबालसहित केही विदेशी कलाकारहरूले समेत आवाज दिएका छन् ।

गीतमा नेपाली बालबालिका र भारतको एआर रहेमान संगीत विद्यालय चेन्नईका विद्यार्थीहरूको आवाज समेत सुन्न सकिन्छ । रञ्जन झाको संगीत संयोजन रहेको यस म्युजिक भिडियोको निर्देशनमिरा अरदले गरेकी हुन् । गीतमा तबला, सारंगी, बाँसुरी, नगराजस्ता परम्परागत बाजादेखि बेस गीतार र ड्रमको उत्कृष्ट संयोजन रहेको छ । जसलाई हिमाली श्रृंखला, त्यहाँको जीवनशैली, विविधतापूर्ण धार्मिक तथा सांस्कृतिक दृष्यहरूले निकै जीवन्त बनाएको छ ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । बोर्डले उक्त अभियानलाई सफल बनाउन विभिन्न नवीनतम गतिविधिहरू सञ्चालन गरिरहेको छ । यो म्युजिक भिडियोको निर्माण पनि त्यस्तै गतिविधिअन्तर्गत गरिएको बोर्डले जनाएको छ । गीत संगीतप्रति धेरै मानिसहरू आकर्षित हुने भएकोले यसले विश्वमा नेपालबारे थप जानकारी सञ्चार गर्ने विश्वास गरिएको छ ।

प्रकाशित : ६ आश्विन २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह