Logo

कर्पोरेट-बजार

इटहरीमा सिनेमा हल सिनेफ्लिक्स सहितको सपिङ मल ‘सेन्ट्रल प्लाजा’


appharu
   ८ आश्विन २०७५, सोमबार


काठमाडौं । पूर्वी नेपालको इटहरीमा पहिलो आकर्षक सपिङ मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधायुक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्स एकसाथ सुरु भएको छ ।
सोमबार उद्घाटन गरिएको सपिङ मल र सिनेमा हल श्रेष्ठ इन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रालिले निर्माण गरेको हो । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मलको उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन समारोहमा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पिटालिटी प्रालिका निर्देशक राजेश श्रेष्ठ पहिलो पटक ईटहरीमा खुलेको सिनेमा हल र सपिङ मलले ईटहरीका दर्शकहरुलाई मनोञ्जनको उत्कृष्ट अनुभव गराउने बताए ।
बजारको आकर्षक स्थलमा रहेको १० तल्ले यस सपिङ मलको ग्राउन्ड फ्लोरदेखि तेस्रो तल्लासम्ममा अन्तराष्ट्रिय ब्रान्डको पसलहरु रहनेछन् । भवनको चौथो तल्लामा फुड कोर्ट, गेमिङ जोन र किड जोन रहनेछ ।
सिनेफ्लिक्स मल्टिप्लेक्स यो भवनको पाँचौ तल्लामा रहेको छ । इटहरीमै पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्स मा दुईवटा स्क्रिन रहेका छन् । २७० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनहरुमा पछिल्ला सबै हिन्दी, नेपाली र अङग्रेजी सिनेमाहरु थ्रीडीमा हेर्न पाइने छ ।
हलमा पाईने अत्याधुनिक प्रविधिको सुविधायुक्त फुल एयर कन्डिसन भएको कोठाहरु र आरामदायी सीटहरुले फिल्म हेर्न आउने दर्शकहरुलाई नौलो र रमाइलो अनुभव गराउने छ । सिनेफ्लिक्समा दर्शकहरुको चाहना अनुसारका भेजिटेरियन र नन–भेजिटेरियन स्न्याक्स जस्तै स्यान्डवीच, पपकर्न, नाचोस, र चिसो ड्रिङ्कहरु पनि उपलब्ध गराइने उल्लेख छ ।
सेन्ट्रल प्लाजाको ६ देखि ९ तल्लामा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रा.लि को नयाँ लगानीको होटल भरन्डा खोलिने छ । यो होटलमा ३६ आकर्षित कोठाहरु हुनेछन् र सबै कोठामा ईटहरी शहरको दृश्य देख्न सकिने बरन्डाको व्यवस्था हुनेछ ।
सेन्ट्रल प्लाजा र सिनेफ्लिक्सको समुद्घाटन पछि ईटहरी र यस वरपर को दर्शकहरुले नौलोपनको अनुभव गर्ने उल्लेख छ । यो सपिङ मलले परिवार र साथीभाईहरु सँग आनन्दपुर्वक रमाइलो गर्ने मौका दिनुका साथै मुभिहलले दर्शकहरुलाई फिल्म हेर्ने नयाँ अनुभव दिने कम्पनीको दावी छ ।
उद्घाटन समारोहमा प्रमुख प्रतिपक्ष दलका नेता राजीव कोइराला, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी,  सभासदहरु सर्वध्वज साँँवा, लीलम बस्नेत, कुसुम श्रेष्ठ, उपरथी समीर शाहीसहायक रथी भरत पाठक, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी, सशस्त्र प्रहरी कार्यालयका प्रमुख डीआईजी मन्दीप श्रेष्ठलगायत सहभागी थिए ।

प्रकाशित : ८ आश्विन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह