Logo

मुख्य समाचार

टेलिकमको दसैं अफरः रिचार्ज गर्दा १५ प्रतिशतसम्म बोनस, भ्वाइस र डाटा पनि सस्तो


appharu
   २३ आश्विन २०७५, मंगलबार


काठमाडौं । नेपाल टेलिकमले दसैँको अवसरमा रिचार्ज गर्दा बोनससहितका आकर्षक अफर सार्वजनिक गरेको छ । जसअनुसार ग्राहकले १५ प्रतिशतसम्म बोनस प्राप्त गर्न सक्नेछन् ।

असोज २९ देखि कात्तिक ४ गतेसम्म यो योजना लागू हुनेछ । टेलिमकमले जुनसुकै माध्यमबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने जनाएको छ ।

टेलिकमका अनुसार १०० र २०० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक माध्यममार्फत रिचार्ज गर्दा १० प्रतिशत तथा ५०० र १ हजारको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक माध्यमबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ ।

१० प्रतिशतको बोनस ३ दिन भित्र र १५ प्रतिशतको बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्ने टेलिकमले जनाएको छ । त्यसैगरी एम्पोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।

अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । ६०० रुपैयाँमा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध हुनेछ । सोही प्याक ७ दिन समयावधिका लागि ३ सय रुपैयाँमा पनि उपलब्ध हुनेछ ।

यस्तै, भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ ।

यस्तै, डाटा प्याकअन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ। सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ ।

प्रकाशित : २३ आश्विन २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह