Logo

मुख्य समाचार

‘प्रधानमन्त्रीले ५ दिनसम्म दसैंको टीका लगाइदिनु नवसामन्तवादको नमुना’


appharu
   ३ कार्तिक २०७५, शनिबार


काठमाडौं । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीका क्रियाकलाप नवसामन्तवादको रुप भएको टिप्पणी गरेका छन् ।

लोहनीले दसैंको बिदा घटाएर सरकारी निवासमा दिनहुँ सर्वसाधारणलाई टीका लगाइदिने प्रधानमन्त्री ओलीको प्रवृत्तिलाई नवसामन्तवादको संज्ञा दिएका हुन् ।
लोहनी भन्छन्– दसैंको विदा कटाउने तर ५ दिनसम्म सरकारी निवासमा दसैंको टीका लगाइदिने ओलीको शैली नवसामन्तवादको नमुना हो ।

सरकारी कर्मचारी, कार्यकर्ता र जनता अब प्रधानमन्त्री निवासमा टीका थाप्न लाइन लाग्ने कि काम गर्ने हो ? भन्ने प्रश्न गर्दै लोहनीले राजाको शासनकालमा १ दिनमात्र टीका लगाउने परम्परा रहे पनि ओलीले ५ दिन टीका लगाएर आफूलाई अग्रगामी देखाउन खोजेको टिप्पणी गरे ।

प्रस्तुत छ, नेता लोहनीको फेसबुकमा प्रकाशित बिचार जस्ताको तस्तैः

१. राजाको शासनकालमा पनि दसैँको टीका एक दिनको लागि हुन्थ्यो । सम्माननीय प्र. म. ओलीको पालामा टीका तिन दिन थप “बक्स“ हुने भएछ । योभन्दा अग्रगामी कदम अब के हुन सक्छ र ?

२ आश्चर्यको कुरो के छ भने सरकारी कार्यालयको दिनमा पनि प्रम ओली जीबाट ‘टीका बक्श’ हँुदैछ । अब कर्मचारी र कार्यकर्ता र जनता टीका थाप्न जाने कि काम गर्न जाने ? देश विकासको लागि भनेर दसैँको बिदा कटाउने तर दिनको तीन घण्टा कात्तिक ६ गतेसम्म ओली जी कार्यकर्ता र जनतालाई टीका लगाएर बस्ने ? नवसामन्तवाद खोज्न अब धेरै टाढा जान परेन ! यो शैली नवसामन्तवाद को नमुना हो ।

प्रकाशित : ३ कार्तिक २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह