Logo

राजनीति

केपी ओलीको चर्चामा आउने अर्को फन्डा– घरघरमा अब बिजुलीको चुलो !


appharu
   ६ कार्तिक २०७५, मंगलबार


काठमाडौँ । पहिलो पटक २०७३ सालमा प्रधानमन्त्री बनेका बेला घरघरमा ग्यासको पाइपलाइन पुर्याउने जनतालाई विकासको अनुभुती दिने घोषणा गरेका केपी ओलीको सपनाले रुप लिन नपाउँदै त्यस्तै अर्काे चर्चामा आउने योजना मंगलबार सार्वजनिक गरेका छन् । उनको यसपटकको योजना हो घरघरमा विजुलीको चुलो पुर्याउने ।

काँधमा सिलिन्डर बोक्ने युग सकिएको भन्दै उनले अघिल्लो पटक पाइपलाइनबाट ग्यास ल्याउने योजना बनाएका थिए । अहिलेसम्म उनको योजनामा न त कुनै अध्ययन भएको न त कुनै खाका नै बन्न सकेको छ ।

विद्युतीय बस शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले दुनियाँ बदलिएकोले तीन बर्ष भित्र अब ग्यासको पाइप चुलोमा नभई विजुलीको तार चुलोमा पुर्याउने युग तिर आफू अगाडी बढेको बताएका हुन । दैनिक जीवनमा प्रयोग हुने अन्य सामग्रीसमेत विद्युतीय हुनुपर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्री ओलीले ग्यासको सिलिण्डर पुर्याउने नसकिने बस्तीलाई एकीकृत र व्यवस्थित बनाउने पनि बताएका छन् ।
भारतीय नाकाबन्दीको बेला प्रधानमन्त्रीको रुपमा रहेका ओलीले घरघरमा ग्यासको पाइप पुर्याउने घोषण गरेका थिए तर हालसम्म उक्त योजना अगाडि बढेको छैन भने उहाँले फेरि नयाँ घोषणा गरेर चर्चामा आउने प्रयास गरेका छन् ।

प्रकाशित : ६ कार्तिक २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह