Logo

बिजनेस होम

लुक्लामा आज एकै दिन ४२ उडान, ४९५ पर्यटक गन्तव्यमा  


appharu
   ११ कार्तिक २०७५, आइतबार


सोलुखुम्बु । सगरमाथाको प्रवेशद्वार मानिने खुम्बु क्षेत्रमा पर्यटकको चाप बढेसँगै विमान कम्पनीहरुलाई पनि भ्याइनभ्याइ छ ।
आइतबारमात्रै एकै दिन ४९५ जना विदेशी पर्यटक हवाई मार्ग हुँदै भित्रिएका छन् । लुक्ला पर्यटन प्रहरी कार्यालयको तथ्यांकअनुसार आइतबार ४२ वटा उडानमार्फत सो परिमाणमा पर्यटक खुम्बुक्षेत्र भित्रिएका हुन् ।
मौसम अनुकुल हुँदा दैनिक ५०-६० वटासम्म उडान हुँदै आएको खुम्बु क्षेत्रमा कातिक ११ गते एकैदिन ४२ वटा उडान भएको छ । जसमा तारा एयरले १५, सीता एयरले १४ र समिट एयरले १३ वटा उडान भरेको लुक्लाका तोया श्रेष्ठले जानकारी दिए ।
तीनवटा एयरलाइन्सले कात्तिक ११ गतेमात्र खुम्बु क्षेत्रमा स्वदेशी र विदेशी गरी ६ सय ६९ जना पर्यटक भित्र्याएको छ ।
तेन्जिङ हिलारी विमानस्थल लुक्लाका अनुसार कात्तिक ११ गते तारा एयरले २२५, सीताले २१० र समिटले २३४ यात्रु खुम्वु क्षेत्रमा पु¥याएको छ ।
पर्यटकीय सिजन भएकाले आउने र जाने पर्यटकको चाप दोहारो रहेको श्रेष्ठको भनाइ छ । जहाजसँगै खुम्बु क्षेत्रमा छिटपुट रुपमा हेलिकप्टरले समेत नियमित उडान भर्दै आएको छ । जहाजको लागि मौसम प्रतिकुल हँुदा बढी प्रयोगमा आउने हेलीको समेत पर्यटकहरुले प्रयोग गर्ने गरेका छन् ।

 

प्रकाशित : ११ कार्तिक २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह