Logo

विकास / पूर्वाधार

त्रिभुवन विमानस्थलको विकल्प तयार हुँदै, भैरहवाको धावनमार्ग धमाधम कालोपत्रे


appharu
   १३ कार्तिक २०७५, मंगलबार


भैरहवा । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा हेरिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धमाधम निर्माण भइरहेको छ ।

भैरहवाको विमानस्थलको धावनमार्गमा कालोपत्रे (पिच) गर्ने काम मंगलबारदेखि सुरु भएको छ भने ६ महिनामै यो विमानस्थल उडानका लागि योग्य हुनेछ ।

कालोपत्रे गर्ने काम चैतभित्रै सम्पन्न गरी नयाँ धावनमार्ग निर्माणको सुरुवात गर्ने योजना छ । हालको धावनमार्ग भने ट्याक्सी वेमा परिणत हुनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा विमानस्थल कालोपत्रे गर्ने कामको सुरुवात भएको थियो । साउन पहिलो सातादेखि सुरु भएको बेसकोर्समा बिटुमिन (अलकत्रा) हाल्ने काम सम्पन्न भएसँगै मंगलबारदेखि कालोपत्रे काम सुरु गरिएको हो ।

३ हजार मिटर लामो धावनमार्गको चौडाई २ सय मिटरको छ भने धावनमार्गको पिच भने १२ इन्च बाक्लो हुने बताइएको छ ।

धावनमार्गको काम सकेर त्यसैबाट चैतभित्रै आन्तरिक हवाई उडान गर्ने लक्ष्य लिएको छ । धावनमार्ग निर्माण सम्पन्न भएपछि परीक्षण उडान गर्ने र लगत्तै आन्तरिक उडान सुरु गर्ने योजना छ ।

भौतिक पूर्वाधारका काम ५५ प्रतिशतभन्दा बढी सकिएको र बाँकी पूर्वाधार र अन्य काम पनि समयमै सम्पन्न हुने र सन् २०१९ भित्र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने लक्ष्य रहेको छ ।

विमानस्थल निर्माणको लागत ६ अर्ब २२ करोड रुपैयाँ रहे पनि अन्त्यसम्म तीन गुणा बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित : १३ कार्तिक २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह