Logo

बिजनेस होम

ललितपुर उवासंघ र ग्वाङडोङ पिपल्स एशोसियसनबीच सहकार्य !


appharu
   १५ कार्तिक २०७५, बिहिबार


काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघले चीनको ग्वाङडोङ पिपल्स एशोसियसन फर फ्रेण्डसिप विथ फरेन कन्ट्रिजसँग सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

संघ र एशोसिएसनबीच आपसी मित्रतालाई थप मजबूत बनाउंदै पारस्परिक सम्बृद्धिका लागि आवश्यक न्यूनतम आवश्यकताहरु पूर्ति गर्न आपसी सहयोग गर्दै जाने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारी पत्रमा संघको तर्फबाट संघका अध्यक्ष कृष्णलाल महर्जन र ग्वाङडोङ पिपल्स एशोसियसनको तर्फबाट अध्यक्ष चेन क्वीयानले हस्ताक्षर गरेका छन् ।

ग्वाङडोङ पिपल्स एशोसियसनको निमन्त्रणामा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनको नेतृत्वमा एक प्रतिनिधिमण्डल गत साता चीन गएको थियो ।

प्रतिनिधिमण्डलमा संघका निवर्तमान अध्यक्ष सविन श्रेष्ठ, उपाध्यक्ष (वाणिज्य) रूपकुमार शाक्य र कोषाध्यक्ष सचेन्द्रराज जोशी थिए । भ्रमण टोलीले कात्तिक ४ देखि १३ गतेसम्म ग्वाङडोङलगायतका सहरहरुको अवलोकन गरेको थियो ।

भ्रमणको क्रममा ग्वाङडोङ पिपल्सका अध्यक्षसँग शिक्षा, स्वास्थ्य, खेल, विज्ञान तथा प्रविधि, सांस्कृतिक, आर्थिक, व्यापारका क्षेत्रमा पारस्परिक सम्बृद्धिका लागि आधारभूत आवश्यकताहरु आपसी सहयोगमा पूर्ति गर्ने सम्बन्धमा छलफल भएको अध्यक्ष महर्जनले जानकारी दिए ।

प्रकाशित : १५ कार्तिक २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह