Logo

सेयर बजार

दोब्बर लागतको नियोजित प्रचारका बाबजुद माथिल्लो तामाकोसी सेयरमा सर्वसाधारण आकर्षित !


appharu
   १९ कार्तिक २०७५, सोमबार


काठमाडौं । अघिल्लो साता माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा स्थानीयको सेयर बाँडफाँड हुँदै थियो र त्यसलगत्तै सर्वसाधारणमा पनि सेयर जारी हुँदै थियो । सबैजसो मिडियामा सनसनीपूर्ण समाचार आयो कि माथिल्लो तामाकोसीको लागत दोब्बर अथवा माथिल्लो तामाकोसीको लागत ७० अर्ब रुपैयाँ.. यस्तै यस्तै ।

तामाकोसीको लागत बढेको समाचार पहिलो थिएन र यसको कुल लागत अहिले अनुमान गरिएजस्तै ठ्याक्कै ७० अर्ब पनि हैन । तर, समाचारभित्रको समाचार अर्थात वास्तविकता अर्कै नै थियो ।

सर्वसाधारणले वर्षौंदेखि उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेको माथिल्लो तामाकोसीको सेयर आवेदन गर्नबाट निरुत्साहित गर्ने उद्देश्यले यस्ता समाचार सार्वजनिक भएका थिए । त्यसै पनि नेपालको सेयर बजारमा सीमित व्यक्तिले चलखेल गर्ने गरेको स्पष्ट छ भने तामाकोसीको सेयर पनि यसरी नै हल्ला फिँजाएर कम आवेदन पारेर हत्याउने उनीहरुको नियत देखिन्थ्यो ।

सेयर माफियाहरुले विद्युत् प्राधिकरण, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीलगायतलाई प्रभावमा पारेर सबैजसो प्रभावशाली मिडियमार्फत आयोजनाको लागत दोब्बर भएको प्रचार प्रसार गर्न सफल भए ।

तर, माफियाहरुको कुत्सित मनसाय भने पूरा भएन किनकी तामाकोसीको सेयरमा सर्वसाधारणको सहभागिता निकै उत्साहजनक रह्यो । आइतबारसम्म ४ अर्बभन्दा बढीको आवेदन परेको र सोमबा अन्तिम दिनमा मात्रै थप डेढ अर्बसम्मको आवेदन पर्ने देखिएकाले यसविरुद्धका नियोजित प्रचारहरुले कुनै अर्थ राखेनन् ।

निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोसीमा भने आइतबारसम्म २ लाख ७ हजारले आवेदन दिएका थिए ।
कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्दा यो सहभागिताले विगतमा वाणिज्य बैंकको सेयरमा पर्ने आवेदनको चापको झझल्को दिएको छ ।

तामाकोसीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल छन् ।

दोलखाको लामाबगरमा निर्माणाधिन ४५६ मेगावाट क्षमताको यो आयोजनाले चालू आर्थिक वर्षमा निर्माण सम्पन्न भइ आगामी आवबाट व्यावसायिक उत्पादन सुरु गर्नेछ ।

भूकम्प र नाकाबन्दीका कारण आयोजनाको काम २ वर्ष पछि धकेलिए पनि यो नै मुलुकमा स्वदेशी लगानीको सबैभन्दा ठूलो र कम विवाद भएको आयोजना हो ।

प्रकाशित : १९ कार्तिक २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह