Logo

बिजनेस होम

विद्युतीय गाडी किन्ने लहरः प्राधिकरणले किन्यो ४ वटा, प्रदेश-३ का मुख्यमन्त्री पनि बिवाईडीमा !


appharu
   २० कार्तिक २०७५, मंगलबार


काठमाडौं । मुलुकमा विद्युतीय सवारी साधन प्रयोग गर्ने लहर चल्न थालेको छ । सरकारले विद्युतीय सवारी प्रबद्र्धनको नीति लिएसँगै यसको प्रयोग बढेको हो ।

सोमबारदेखि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुरानो गाडी थन्क्याउँदै विद्युतीय सवारी प्रयोग गर्न थालेका छन् भने नेपाल विद्युत् प्राधिकरणले पनि ४ वटा विद्युतीय गाडी खरिद गरेको छ ।

यसअघि नै ऊर्जामन्त्री वर्षमान पुनले विद्युतीय गाडी प्रयोग गरिरहेका छन् भने राष्ट्रपति कार्यालय तथा राष्ट्रिय योजना आयोगका लागि पनि एक एक वटा विद्युतीय गाडी खरिद गरिसकिएको छ ।

संघीय सरकारले पाँच वर्षभित्र यातायात क्षेत्रमा २० प्रतिशत विद्युतीय साधन पु¥याउने लक्ष्य राखेको छ भने प्रदेश ३ सरकारले २०७८ सालबाट पेट्रोलियम पदार्थमा आधारित सवारीसाधनमाथि पूर्ण प्रतिबन्ध लगाउने नीति चालू आर्थिक वर्षमै पारित गरिसकेको छ ।

सोही नीतिको कार्यान्वयन मुख्यमन्त्री पौडेल आफैंले विद्युतीय गाडी चढेर सुरुवात गरेका हुन् । मुख्यमन्त्री कार्यालयले यसका लागि चीनमा निर्मित बिवाईडी कम्पनीको जिप ५५ लाखमा खरिद गरेको हो ।

विद्युत् प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीले पनि बिवाईडी कम्पनीकै चारवटा विद्युतीय सवारीसाधन खरिद गरेर सञ्चालनमा ल्याएको छ ।

विद्युतीय गाडीमा चार्जिङको समस्या समाधान गर्न प्राधिकरणले काठमाडौं उपत्यकाभित्र २० स्थानमा चार्जिङ स्टेसन निर्माण गर्दैछ भने प्रदेश ३ सरकारले चितवनको मुग्लिन, हेटौंडा, त्रिभुवन राजपथको विभिन्न स्थानका साथै पूर्वपश्चिम राजमार्गमा पनि चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ ।

यस्तै, हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर चार्जिङ स्टेसन स्थापना गरिने योजना रहेको जनाइएको छ ।

प्रकाशित : २० कार्तिक २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह