Logo

कर्पोरेट-बजार

हिमालयन समिटको मुख्य वक्तामा ढकाल, भन्छन्– लगानीको सुरक्षित वातावरण बन्यो


appharu
   २० कार्तिक २०७५, मंगलबार


काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य भएको बताएका छन् ।

चाइना एडभेन्चर टुरिजम फोरमद्वारा मंगलबार राजधानीमा आयोजित ‘हिमालयन समिट’मा मुख्य वक्ताको रुपमा आफ्नो मन्तव्य दिँदै ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएको बताए । उनले नेपालका कयौं नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रहसमेत गरे ।

नेपाल र चीनवीच प्राचीनकालदेखि नै रहिआएको ऐतिहासिक र संस्कृतीक सम्बन्धको स्मरण गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न र अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्न नेपालमा दक्ष तालिमप्राप्त शिक्षीत युवा जनशक्ति तयार हुँदै गएको उनको भनाइ छ ।

काठमाडौंको दक्षिण पश्चिम पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष समेत रहेका ढकालले नेपाल अद्वितीय प्राकृतिक र सांस्कृतिक धरोहरको केन्द्र रहेको बताउँदै माउन्ट एभेरेस्ट, उच्च हिमश्रृङ्खला र बुद्व जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकहरूको मुख्य आकर्षण रहेको धारणा राखे । यस्ता प्रचुर सम्भावना नेपालको अन्य क्षेत्रमा पनि विद्यमान रहेको उनको भनाइ छ ।

नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न नेपालको निजी क्षेत्र सवैसँग सदैव सहकार्य गर्न तयार रहेको कुरा दोहो¥याउँदै अध्यक्ष ढकालले प्रशस्त रोजगारीका अवसरहरू सिर्जना गर्न पर्यटन उद्योगको विकासमा सबैको ध्यान जानुपर्ने कुरामा जोड दिए ।

नेपालको उत्तरी छिमेकी राष्ट्र चीनबाट आउने पर्यटकहरूको संख्यामा वृद्वि हुँदै गएकोमा प्रशन्नता ब्यक्त गर्दै दुई विशाल छिमेकी मित्रराष्ट्रहरूको सद्भाव र सहयोगको लाभ नेपालको आर्थिक रुपान्तरणमा सदुपयोग गर्न नेपाली निजी क्षेत्र तयार रहेको जानकारी दिए ।
उक्त सत्रमा चिनियाँ र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका र प्रतिनिधि सहित करिव १ सय जनाको सहभागिता रहेको थियो ।

प्रकाशित : २० कार्तिक २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह