Logo

राजनीति

डोरमणि पौडेलले साँच्चै सीआईएलाई सूचना बेचिरहेका छन् ?


appharu
   २१ कार्तिक २०७५, बुधबार


काठमाडौं । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सिआईएसँग साँठगाँठ रहेको आरोप लगाएपछि मुख्यमन्त्री पौडेल पनि विवादमा तानिएका छन् ।

अमेरिकी गुप्तचर संस्था सीआईएसँग पौडेलको सम्बन्धबारे थप प्रस्ट्याउँदै स्थापितले मंगलबार रिपोर्टर्स क्लबमा भने– ललितपुरको भैसेंपाटीमा पौडेलको सयन कक्ष छ । उहाँको त्यो कार्यालय द एशिया फाउण्डेशनको फण्डिङमा फर्निसिङ गरिएको छ ।

स्थापित यतिमै रोकिएनन्, उनले थपे– त्यही भैंसेपाटीको घरमा उहाँले रसगुल्ला र रसपान गर्नुहुन्छ भन्छन् । तर, त्यो रसगुल्ला र रसपान के हो ? मलाई थाहा छैन् । त्यो अफिसको सबै स्टाफ र फर्निचरको फन्डिङ द एशिया फाउण्डेशनले गरेको छ ।

तत्कालीन हेटौंडा नगरपालिकामा २ पटक मेयर भइसकेका पौडेलले आन्तरिक प्रतिस्पर्धामा तत्कालीन एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजीत गरेर संसदीय दलको नेतामा विजयी भइ मुख्यमन्त्रीमा निर्वाचित भएका थिए ।

स्थापितले पौडेललाई मुख्यमन्त्री बनाउन पनि सीआईएले नै लगानी गरेको अर्को गम्भीर आरोप लगाए । पौडेललाई मुख्यमन्त्री बनाउन तत्कालीन एमालेका राजेन्द्र पाण्डेलगायतले शंकास्पद भूमिका निर्वाह गरेका थिए ।


स्थापितका अनुसार प्रदेश नम्बर ३ को अवधारणापत्र बनाउनको लागि पनि मुख्यमन्त्री पौडेलले ‘द एशिया फाउण्डेशन’ को आर्थिक सहयोग लिएका छन् ।
उनले भने,‘यत्रो पैसा लिनुभन्दा पहिले केन्द्र सरकारको अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट स्विकृति लिनुपर्दैन् ? यो विषय मन्त्रालयमा छलफल भएको छैन् । मुख्यमन्त्रीले अहिले प्रदेश नम्बर ३ को योजना आयोगको शाखा कार्यालय त्यही भैंसेपाटीको घरलाई बनाएका छन् ।’।

पौडेल हेटौंडा नगरपालिकाको मेयर हुँदा स्थापित काठमाडौं महानगरपालिकाको मेयर थिए । हाल स्थापित काठमाडौंबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनले पौडेलविरुद्धका विषयलाई आफूहरुले अब संसद खुल्नेबित्तिकै जोडदारसँग राख्ने पनि जानकारी दिए ।

जे होस्, मुख्यमन्त्री पौडेलमाथि प्रदेशसभा सदस्यमात्र नभइ आफ्नै क्याबिनेटमा ८ महिना सहकार्य गरेका मन्त्रीले औंला ठड्याएर उठाएको प्रश्नको भने उनले जवाफ दिनै पर्ने छ र सीआईएसँगको सम्बन्ध नरहेको पुष्टि गर्ने जिम्मेवारी अब पौडेलकै काँधमा छ ।

प्रकाशित : २१ कार्तिक २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह