Logo

बिजनेस होम

ग्रिन कार्डधारी नवविवाहितमाथि कडाइ, हनिमुन बुकिङ र विवाह खर्चको रसिद पनि चाहिने !


appharu
   २४ कार्तिक २०७५, शनिबार


वासिङ्टन । अमेरिकामा रहेका ग्रीन कार्डधारी नागरिकले नक्कली विवाह गर्दै मानव तस्करी गर्ने गरेको पाइए पछि ट्रम्प प्रशासन थप कडा भएको छ । अब ग्रीनकार्डधारी अमेरिकीले अन्य मुलुकका नागरिक विवाह गरे पनि अमेरिका लैजान भने थप प्रमाण जुटाउनुपर्नेछ ।


थप प्रमाणहरु हेर्दा सामान्य छन् तर नक्कली विवाह गर्नेहरुका लागि भने यसले झनै अप्ठ्यारो पार्ने देखिन्छ । अमेरिकाले कुनै पनि जोडीलाई सँगै बस्न दिनका लागि विवाहको एल्बम, विवाहको समयमा भएको खर्चको रसिद, बुकिङ तथा हनिमुन बुकिङ आदिको पनि जाँच गर्ने भएको छ ।

यद्यपि विवाह धूमधामसँग नभई अदालतमा कानुनी किसिमबाट भएको हो भने पनि यो विवाहलाई मान्यता दिइने भएको छ । यस्तो अवस्थामा कागजातलाई महत्वपूर्ण मानिन्छ, तर शंका भएको अवस्थामा भने गम्भीर जाँच गरिने बताइएको छ ।

धोखाघडी परीक्षण एवं राष्ट्रिय सुरक्षा एजेन्सीले आप्रवासन अधिकारिलाई विवाहित जोडीको सम्बन्ध वैध हो वा होइन भन्ने विषयमा थाहा पाउन सोसल नेटवर्किङ साइटको पनि जाँच गर्नका लागि सल्लाह दिएका छन् ।

साक्षात्कारमा पति–पत्नी दुवैलाई अलग राखेर उनीहरूको दैनिक जिन्दगीको क्रियाकलापका बारेमा सोधिने भएको छ ।

अमेरिकामा कुनै पनि ग्रिन कार्डधारी वा अमेरिकी नागरिकता प्राप्त व्यक्तिका पति वा पत्नी फेमिली २ ए प्रिफरेन्सअन्तर्गत आप्रवासी भिसामा बस्ने अनुमति रहेको छ ।
अस्थायी रूपमा अमेरिकामा काम गर्ने व्यक्तिको पति वा पत्नीलाई डिपेन्डेन्ट भिसा दिइँदै आएको छ । यो ९० दिनका लागि वैध मानिन्छ र उनीहरू ९० दिनसम्म अमेरिकामा बस्नका लागि योग्य मानिन्छ ।

प्रकाशित : २४ कार्तिक २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह