Logo

कर्पोरेट-बजार

दराजको ‘ग्र्यान्ड सेल’ सुरु: पहिलो किनमेल उत्सवमा ८० % सम्म छुट !


appharu
   २५ कार्तिक २०७५, आइतबार


काठमाडौं । आज अर्थात नोभेम्बर ११ । नेपालको अनलाइन मार्केट दराजले आजको दिनलाई नेपालको पहिलो अनलाइन किनमेल उत्सवका रूपमा मनाइरहेको छ ।

यो कार्यक्रमलाई बृहत्तर इ–कमर्स संचालक अलिबाबाले आजभन्दा १० वर्षअघि मनाउन सुरु गरेको थियो र आज यो विश्वकै सर्वाधिक ठूलो सेल डे बनिसकेको भन्दै नेपालमा पनि अनलाइन किनमेलको नयाँ युगको तयारी भएको जनाएको छ ।

दराज ११.११ सेल नोभेम्बर ११ र कात्तिक २५ गतेको मध्यरातबाट सुरु भएको छ र ठीक २४ घण्टासम्म खुला रहनेछ भन्दै कम्पनीले यो बिक्री उत्सवमा ८० प्रतिशतसम्मको महाछुट प्रदान गरिने जनाएको छ ।
यो अवधिमा खास नयाँ सामानहरूको लन्च, फ्ल्यास सेल्स, मिस्ट्री बक्स, ब्रान्ड भौचर तथा अन्य उपहारहरु दिनभरि नै चल्नेछ ।

१ हजारभन्दा बढीको संख्यामा स्थानीय विक्रेताहरूका साथ यसअघि कहिल्यै नपाइएको डिलहरूको विविधीकरणमा नेपालको अब पहुँच हुनेछ । ११.११ नयाँ दराज एपको पहिलो मेगा सेल कार्यक्रम हो, यसले प्रयोगकर्ताहरूलाई उत्कृष्ट उत्पादन तथा डिलरहरू प्रदर्शन गरेर वास्तवमै व्यक्तिगत रुपमा अनुभव दिलाउनेछ ।

दराज नेपालका प्रबन्ध निर्देशक राजीव अमात्यले भने, “हामी हाम्रा ग्राहकहरूलाई यस्तो चिज दिंदैछौं जुन उहाँहरूले यसभन्दा अघि पहिले कहिल्यै पाउनुभएको थिएन, ११.११ अभियानका साथ दराजले नेपालको किनमेललाई एक क्रान्तिकारी छवि प्रदान गर्नेछ । कहिल्यै नभएको छुट, कहिल्यै नपाइएको उत्पादन रोजाइ, जहाँ नेपालीले लाखौं रुपैयाँबराबरको पुरस्कारहरू जित्न सक्नेछन् ।”

नयाँ दराज एपमा हुने यस एक दिने सेल उत्सव ई–कमर्श कम्पनी मध्ये अहिलेसम्मको ठुलो सेल मेला हुने कम्पनीका प्रबन्ध निर्देशक अमात्यले बताए ।

पछिल्लो समयमा अनलाइनमार्फत किनमेल गर्ने नेपालीको संख्या बढेको छ । अनलाइनमै ब्राण्ड, मूल्य तथा गुणस्तरलगायतका सबै कुरा जान्न पाइने र आफ्नो अर्डर विपरितको भएमा फिर्ता गर्न समेत पाइन्छ ।

कम्पनीले आज १ लाख वटा अर्डर लिने जनाएको छ ।

आफ्नो वेयरहाउसमा भएका सामान अर्डर भएको ५ दिनभित्र र नभएका सामान अर्डर भएमा १० दिनमा डेलिभरी दिने छ । कम्पनीले ८० प्रतिशतसम्मको छुट दिने जनाएको छ ।

प्रकाशित : २५ कार्तिक २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह