Logo

कर्पोरेट-बजार

महासंघ अध्यक्ष राणाको घरमा मोदीका विशेष दूत !


appharu
   २६ कार्तिक २०७५, सोमबार


काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत कलराज मिश्र आइतबार नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाको निवासमा पुगे । अध्यक्ष राणा र उनका श्रीमान असित शमशेर राणाले मिश्रलाई स्वागत गर्दै नेपाल र भारतबीचको सम्बन्ध विस्तार तथा लगानीमैत्री वातावरण स्थापनाका लागि छलफल गरे ।

राणा निवासमा भएको डिनर मिटमा मिश्रले नेपालमा लगानी प्रबद्र्धनका लागि सहयोग गर्ने बचनसमेत दिएका छन् । भेटमा भारतीय लगानी बढाउने तथा नेपाल भारत व्यापार प्रवर्द्धन गर्ने विषयमा छलफल भएको अध्यक्ष राणाले जानकारी दिइन् ।

मिश्र नेपालको आर्थिक उन्नति र नेपालमा लगानीका विषयमा गम्भीर देखिएका राणाले बताइन् । मिश्रले नेपालमा लगानी प्रबद्र्धनको वातावरण बनाउन आफूले सहयोग गर्ने बताएका थिए ।

राणाले नेपालमा व्यापार घाटा बढ्दै गएको विषय चिन्ता व्यक्त गरिन् भने मिश्रले नेपालले निर्यात गर्न सक्ने वस्तुहरुको विषयमा विशेष चासो राखेका थिए । उनले नेपाली वस्तु भारत सहज प्रवेशको वातावरण निर्माण गर्ने आश्वसन दिएका थिए ।

भारतमा साना तथा घरेलु उद्योगमन्त्री समेत रहिसकेका मिश्रले देशको आर्थिक विकास गर्न साना उद्योगको ठूलो भूमिका हुने भन्दै निजी क्षेत्रले त्यसमा ध्यान दिन समेत सुझाएका थिए ।

उक्त भेटमा अध्यक्ष राणाले नेपालमा स्थायी सरकार रहेको तथा लगानीको वातावरण बनेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी थिइन् ।

प्रकाशित : २६ कार्तिक २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह