Logo

विकास / पूर्वाधार

अर्को जलविद्युत् कम्पनीको पनि सेयर आउँदै, कालंगागाडको ३०% सेयर सर्वसाधारणलाई !


appharu
   २७ कार्तिक २०७५, मंगलबार


काठमाडौं । बझाङको कालंगागाड जलविद्युत् आयोजनाले आउँदो फागुनबाट सर्वसाधारणलाई सेयर वितरण गर्ने भएको छ । आयोजनाले सर्वसाधारणलाई ३० प्रतिशत सेयर वितरण गर्ने भएको हो ।

१० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दा र बाँकी २० प्रतिशत अन्य सर्वसाधारणका लागि सेयर खोल्ने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ । कालंगा हाइड्रो प्रालिले भने २० प्रतिशत सेयर पनि सुदूरपश्चिमकै वासिन्दाले खरिद गर्न सक्ने तयारी थालेको जनाएको छ ।

निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको कालंगागाड बझाङको जलविद्युत् आयोजना २०७७ सालभित्रै सम्पन्न हुने गरी निर्माण भइरहेको छ । २०६५ सालदेखि सम्भाव्यता अध्ययन सुरु भएको सो जलविद्युत् आयोजनाको निर्माण सुरु भएको २ वर्ष मात्रै भएको छ भने ५० प्रतिशत निर्माण सम्पन्न भएको छ ।

१० वटा बैंक र अन्य निजी क्षेत्रका लगानीकर्ताको १२ अर्बको लगानीमा ७२ मेगावाटको कालंगागाड जलविद्युत् आयोजना निर्माण भइरहेको छ । हाल ७२ मेगावाट क्षमताको कालंगागाड जलविद्युत् आयोजनाको निर्माण तीब्र गतिमा अगाडि बढिरहेको छ ।

२०७७ असोज ३ गतेभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, लक्ष्यभन्दा अगाडि नै आयोजना निर्माण सक्ने गरी काम भइरहेको कालंगा हाइड्रो प्रालिका परियोजना व्यवस्थापक बखतबहादुर शाहीले बताए ।
१२ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेमा ६ किलोमिटर सम्पन्न भइरहेको छ । पावर हाउसको निर्माण सुरु हुने क्रममा छ भने इन्टेकको कामले पनि तिव्रता पाएको छ ।

सानीगाड हाइड्रो कालंगा हाइड्रो प्रा.लिले प्रबद्र्धन गर्न लागेको सो आयोजनाको ३ ठाउँमा संरचना निर्माण भइरहेको छ । एउटा ईन्टेक दहबगरमा निर्माण गरि खिरातडीको बिजगडमा पावर हाउस बन्ने भएको छ भने अर्को खिरातडीको पाउटामा ईन्टेक बनी साविकको सुनकुडा गाविस घोडादाउनमा पावर हाउस निर्माण गरिने छ ।

प्रकाशित : २७ कार्तिक २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह