Logo

अर्थनीति

पप्पु कन्स्ट्रक्सनसँग डुडुवा नहरको ठेक्का तोडियो, राष्ट्र बैंकको के होला ?


appharu
   २८ कार्तिक २०७५, बुधबार


काठमाडौं । विवादास्पद पप्पु कन्स्ट्रक्सनको बदमासीविरुद्ध बल्ल सरकार तातेको छ ।

पप्पुले चरम लापरवाही गरेको राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनाअन्तर्गत डुडुवा नहर निर्माणसम्बन्धी ठेक्का सरकारले तोडेको छ । पप्पुसँगै कोस्टल भन्ने निर्माण कम्पनीले यसमा जेभी गरेको थियो ।

तर, नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्कासमेत पाएको पप्पु कन्स्ट्रक्सनलाई यो जिम्मेवारी दिने कि नदिने भन्नेबारे निर्णय अझै हुन सकेको छैन । पप्पुले राष्ट्रबैंक बनाउने जिम्मा प्राविधिक रुपमा पाइसकेको भएपनि कम्पनी विवादमा परेको र अख्तियारले समेत मुद्दा दायर गरेको कम्पनीका कारण पुननिर्माण प्राधिकारणले निर्णय लिनै सकेको छैन ।

एक महिनाअगाडि नै ठेक्काको छिटोफानो लागिसकेको र २ अर्ब ६ करोडमा राष्ट्रबैंक बनाउने जिम्मा पप्पुलाई दिने तयारी भएको भएपनि मिडियाको विरोध र पप्पुको गुणस्तरहिन काम तथा ढिलासुस्तीका कारण उसले यो जिम्मेवारी पाउन नसकेको हो ।

डुडुवा नहर आयोजना र कोस्टल÷पप्पु जेभीबीच भएको सम्झौताअनुसार सिक्टाको दोस्रो शाखा डुडुवाको नहर निर्माणको काम यही असोजभित्र सकिनुपर्ने थियो । तर, निर्माण कम्पनीले विभिन्न बहानामा ढिलासुस्ती गरी हालसम्म सात प्रतिशत मात्रै काम गरेको सिक्टा स्ािँचाई आयोजना बाँकेले जनाएको छ ।

बाँकेको करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले कोस्टल/पप्पु जेभीले २०७३ असारदेखि नहर निर्माणको काम सुरु गरी २८ महिनाभित्र यही असोजमा सक्ने गरी सम्झौता भएको थियो ।

तर, उक्त ठेक्काको म्याद सकिँदा प्रगति निराशाजनक भएका कारण जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको सिक्टा सिँचाई आयोजनाले जनाएको छ ।

ठेक्का तोडिएसँगै निर्माण कम्पनीले कार्यसम्पादन जमानत वापत ठेक्का रकमको १० प्रतिशत रकम जफत गरिने भएको छ । सम्झौताअनुसार बाँकी रहेको निर्माण पूरा गर्न लाग्ने रकम ठेकेदारले धरौटी वापत राखेको ९ करोड ९० लाख रुपैयाँबाट सरकारी बाँकी सरह असुलउपर गरिने भएको आयोजनाले जनाएको छ ।

प्रकाशित : २८ कार्तिक २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह