Logo

बिजनेस होम

लक्जेम्बर्ग सार्वजनिक यातायात निःशुल्क गर्ने विश्वकै पहिलो मुलुक !


appharu
   २० मंसिर २०७५, बिहिबार


लक्जेम्बर्ग सिटी । नेपालमा सार्वजनिक यातायात सुलभ र सेवाग्राहीमैत्री नभएको बहस चलिरहेका बेला लक्जेम्बर्गले भने आफ्ना नागरिकलाई निशुल्क सार्वजनिक सवारीको सुविधा उपलब्ध गराएको छ ।
डेली मेलका अनुसार सार्वजनिक यातायात निःशुल्क गर्ने लक्जेम्बर्ग विश्वकै पहिलो मुलुक हो । तर, अहिले नै लक्जेम्बर्गमा सार्वजनिक यातायात निशुल्क भइसकेको भने छैन ।
समाचारमा जनाइए अनुसार सन् २०२० देखि लक्जेम्बर्गमा रेल, ट्राम र बसको भाडा हटाइने भएको छ । महत्वाकांक्षी सरकारी प्रस्तावअन्तर्गत यसो गर्न लागिएको डेली मेलले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
लक्जेम्बर्गको कुल क्षेत्रफल ९९९ वर्गकिलोमिटर छ । राजधानी लक्जेम्बर्ग सिटीमा १ लाख १० हजारको मात्रै बसोबास भए बाबजुद सवारी जामको चपेटामा पर्दै आएको छ ।
यो सहरमा त्यस्तै ४ लाख मानिस अन्य क्षेत्रबाट कामका लागि आउने गरेका छन् । २ लाख मानिस फ्रान्स, जर्मनी र बेल्जियमको सीमा पार गरेर प्रत्येक दिन आउने गरेका छन् । लक्जेम्बर्गमा २० वर्षमुनिका मानिसलाई पहिलेदेखि नै निःशुल्क यातायात सेवा उपलब्ध गराइँदै आएको छ ।

प्रकाशित : २० मंसिर २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह