Logo

Banner-news

सीएनआई भन्छः सरकार र राष्ट्र बैंकको अकर्मण्यताले तरलता र ब्याजदरमा संकट


appharu
   २२ मंसिर २०७५, शनिबार


काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले हाल मुलुकको वित्तीय प्रणालीमा देखिएको तरलता अभाव र उच्च ब्याजदरको जिम्मेवार सरकार नै रहेको ठहर गरेको छ । सरकारका विद्यमान नीतिका कारण ठूलो परिमाणमा पुँजी निष्कृय रहेको र सोही कारण यस्तो अवस्था सिर्जना भएको परिसंघको ठहर छ ।

सीएनआईले तरलताको संकटले गर्दा बंैकिङ प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा अनपेक्षित ढंगले वृद्धि भइरहेको र यसले उत्पादन लागतमा वृद्धि भई उद्योग र व्यवसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउनु का साथै निर्यातमा नकारात्मक प्रभाव पार्ने जनाएको छ । उत्पादन बृद्धि नहुदा आयात बढ्ने र समग्र आर्थिक सूचांकहरुमा संकुचन आउने संभावना निकै प्रवल रहेको परिसंघको ठहर छ ।

सीएनआईका अनुसार बैंक तथा वित्तिय संस्थाहरुले कूलनिक्षेप तथा पूँजीको ८० प्रतिशतमात्र लगानी गर्न पाउने प्रावधान रहेकोले कूल गाह्रस्थ उत्पादनको करिव ३५ प्रतिशत रकम निस्कृय रहेको छ । यस्तै उत्साहजनक रुपले नेपाल सरकारको राजस्व संकलनमा बृृद्धि हुनु तथा पूँजीगत खर्च अत्यन्त न्युन रहनुले समेत देशको ठुलो रकम निस्कृय रहेको छ ।

हालको अवस्थामा वित्तिय वजारमा निजी क्षेत्रबाट कर्जाको मागमा बृद्धि भईरहने र सोहि समयमा ठूलो पुँजी निस्कृय रहदा तरलताको अभाव श्रृजना हुन गएको सीएनआईको ठहर छ ।

२०७३ मा देखिएको तरलता समस्या पश्चात नेपाल राष्ट्र बंैकको विभिन्न पहलहरुबाट केहि समयका लागि तरलता व्यवस्थापन भए पनि पुनः यस्तो समस्याको पुनराबृति देखिनुमा संरचनात्मक र नीतिगत तहमै परिवर्तन गरिनुपर्ने आवश्यकता रहेको परिसंघले महसुस गरेको विज्ञप्तिमा जनाइएको छ । जसबाट दीर्घकालिन समयमा व्यवसायीले पूर्वानुमानको आधारमा उद्योग व्यवसाय निर्वाध ढंगले संचालन गर्न सक्नुपर्ने उसको माग छ ।

२०७५ असार मसान्त सम्ममा ३ लाख ४५ हजार ठुला, मझौला, साना तथा घरेलु उद्योगहरु दर्ता भई करिव २० खर्व ३३ अर्व लगानीको प्रतिवद्धता भएको परिस्थितिमा त्यसलाई आवस्यक पर्ने कर्जा सहज तथा सरलरुपमा उपलब्ध हुन सक्ने परिस्थिति नभएको विज्ञप्तिमा स्मरण गरिएको छ । यस्तै, अपर्याप्त पुँजीका कारण घट्दो लगानीले कूल गार्हस्थ उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा शिथिलता आउने तथ्यलाई गंभिरतापूर्वक मनन गरी यस समस्यालाई संबोधन गर्न नेपाल सरकार तथा राष्ट्र बंैकले उद्योग–व्यवसायलाई पर्ने प्रतिकूल प्रभावबाट बचाउन अविलम्ब नीतिगत निर्णय गर्ने अपेक्षा परिसंघले लिएको छ ।

मुलुकलाई आवश्यक पूँजी लगानी गर्न सके देशले परिलक्षित गरे बमोजिमको रोजगारीको श्रृजना हुने र सुखी नेपाली, समृद्ध नेपालको नारा हासिल गर्न सकिने हुदाँ हालको तरलता समस्या सम्बोधनमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बंैकले ठोस कदम चालि दीर्घकालीन रुपमा उद्योग व्यवसायमैत्री नीति तथा उपकरणको माध्यमबाट समस्या सम्बोधन हुने आशा एवं विश्वास परिसंघले लिएको छ ।

प्रकाशित : २२ मंसिर २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह