Logo

Banner-news

अर्थमन्त्रीको आक्रोशः होल्ड गर्न नसक्ने भए किन सेयर किनेको ?


appharu
   २६ मंसिर २०७५, बुधबार


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा समस्या रहे पनि त्यसको कारण लगानीकर्ता नै रहेको दावी गरेका छन् । मंगलबारको अर्थ समिति बैठकमा अर्थमन्त्रीले सेयर बजारसम्बन्धी आफ्नो दृष्टिकोण र नीतिको पुनः बचाउ गरेका छन् ।

सेयर बजारका सम्बन्धमा पूर्वअर्थमन्त्रीहरुको कडा आपत्तिका बीच खतिवडा टसमस भएनन् । उनले उल्टै लगानीकर्तारुलाई आरोप लगाए र भने– सेयर बजारमा भएको पुँजीलाई परिचालन गरी उत्पादनमूलक क्षेत्रमा लगाउन सके आर्थिक वृद्धिदरमा सहयोग पुग्नेछ तर लगानी गर्दा लगानीकर्ताहरूले बैंकको भरमा मात्र लगानी गर्ने गरेका छन् त्यसैले बुझेर मात्रै लगानी गर्नुपर्छ ।

सेयर लगानीकर्ताहरूले होल्ड गर्न सक्नेगरी मात्र सेयर खरिद गर्न नसक्दा अहिले समस्यमा परेको उनको भनाइ छ । “सेयर बजार ब्यापारचक्र हो, धैर्य गर्न सक्नुपर्छ । ओभर ड्राफ्ट लिएर १५ दिनमा सेयर बढ्छ भनेर सेयर लिनु भएन,” अर्थमन्त्रीले सेयर लगानीकर्तालाई लक्षित गर्दै भने ।

यद्यपि, पुँजी बजार र वित्त बजारमा देखिएको समस्या समाधानका लागि समिति गठन भइसकेको र समितिले शुक्रबार प्रतिवेदन बुझाएपछि सेयर बजारमा देखिएको ज्वरो समाप्त हुँदै जाने उनले बताए ।

अर्थमन्त्रीले भने, “बजार अस्वभाविक रूपमा माथि गएको छ भने किन गयो र अहिले अस्वाभाविक रूपमा तल आएको छ भने किन आयो भनेर त्यसका विषयमा अध्ययन गरिनुपर्छ ।”

प्रकाशित : २६ मंसिर २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह