Logo

Banner-news

ठूला भारु नोटमा प्रतिबन्धले नेपाल–भारत सम्बन्ध के होला ?


appharu
   २८ मंसिर २०७५, शुक्रबार


काठमाडौं । नेपालले फेरि ठूला दरका भारतीय नोटमा प्रतिबन्ध लगाएको छ । मन्त्रिपरिषदको गत सोमबारको बैठकले नेपालमा हाल निर्वाध चल्दै आएका २ सयदेखि ५ सय र २ हजार दरका भारतीय रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारको निर्णयबारे पुष्टि गरिसकेका छन् । तर, के कारणले यस्ता नोटमा प्रतिबन्ध लगाइएको भन्नेबारे उनले चित्तबुझ्दो जवाफ दिएनन् ।

विगतमा पनि लामो समयसम्म ५ सय र १ हजार दरका भारुमाथि नेपालमा प्रतिबन्ध नै थियो । तर, नेपालकै आग्रहमा २५ हजारसम्म राख्न पाउनेगरी यी नोट खुला गरिएको थियो ।

नेपालीले केही वर्षमात्र यी नोट उपयोग गरेका थिए । त्यसलगत्तै भारतले यी नोटमाथि प्रतिबन्ध लगाउँदा नेपालीसँग रहेका करोडौं रुपैयाँ अहिले पनि साटिएका छैनन् ।

नेपालबाट भारतमा काम गर्न जाने झन्डै ५० लाख नेपालीले भारुमै आफ्नो कमाइ ल्याउँछन् भने ठूला नोट ल्याउन नपाउँदा उनीहरुले थप झन्झट बेहोर्नुपर्ने हुन सक्नेछ । यस्तै, भारत भ्रमण तथा उपचारका लागि जाने नेपालीले पनि १ सय दरका नोटमात्र बोकेर जानुपर्ने भएकाले सरकारको निर्णयले सास्ती दिनेछ ।

यद्यपि, नेपाल सरकारले यो निर्णय स्वविवेकले गरेको हो कि भारतकै दबाबमा गरिएको हो भन्ने खुलाइएको छैन । बीबीसीले हिन्दी संस्करणमा समेत यसको सम्भावित असरबारे अहिले केही भन्न नसकिने जनाएको छ ।

प्रकाशित : २८ मंसिर २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह