Logo

Banner-news

आमरण अनसनले पनि बढेन सेयर कारोबार, मंगलबार १४ को गिरावट


appharu
   ३ पुस २०७५, मंगलबार


काठमाडौँ– पूँजीबजार सुधारको माग राख्दै लगानीकर्ता दबाव समूहले आमरण अनशन गरिरहँदा सेयर कारोबार पनि ओरालो लागेको छ । शेयर बजार मापन गर्ने नेप्से परिसूचकमा मंगलबार १४ दशमलव छ एक अंकले घटेर ११ सय ६८ दशमलव एक सात अंकमा झरेको हो ।

लगातार चार दिन बढेको शेयरबजारमा पाँचौ दिनमा दोहोरो अंकको गिरावट आएको छ । ठूला बैंकहरु पनि ब्याजदरको प्रतिस्पर्धामा उत्रिएपछि शेयर बजार ओरालो लागेको हो । मंगलबार मात्रै नबिल बैंक र हिमालयन बैंकले मुद्धति बचतको ब्याजदर साढे १३ प्रतिशत पुर्याएका छन् ।

बैंकहरुबीचको भद्र सहमति तोडिएपछि झण्डै एक दर्जन वाणिज्य बैंक ब्याजदर वृद्धिको प्रतिस्पर्धामा छन् । मंगलबार १ सय ५९ कम्पनीका १४ लाख ७८ हजार कित्ता शेयर ५३ करोड २३ लाख रुपैयाँमा किनबेच भएको छ । शेयर बजारमा दोहोरो अंकको गिरावट आए पनि कारोबार रकम भने बढेको छ ।

यता शेयर बजार बन्द गराउने माग सहित केहि लगानीकर्ता आन्दोलनमा उत्रिए पछि धितो पत्र बोर्डले ‘अवाञ्छित’ क्रियाकलाप भन्दै ध्यानाकर्षण भएको जनाएको छ । मुद्रा तथा पुँजी बजारमा देखिएका समस्या पहिचान एवं सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन भएको र समितिले प्रतिवेदन बुझाउने क्रममा रहेको भन्दै बोर्डले संयमित हुन आग्रह गरेको छ ।

प्रकाशित : ३ पुस २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह