Logo

Banner-news

बैंकर्स संघको सहमति स्वायतयोग्य तर यसअघि बढाएको ब्याज घटाऊ: चेम्बर


appharu
   ६ पुस २०७५, शुक्रबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बैंकहरुले लिइरहेको चर्को ब्याजदरका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । चेम्बरले ब्याजदर बढाउने प्रतिस्पर्धामा रहेका बैंकहरुबीच भएको पछिल्लो समय गरेको सहमतिको स्वागत गरेको छ ।

चेम्बरले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– लामो समयदेखि उच्च ब्याजदरका कारणले अर्थतन्त्रमा देखिएको नकारात्मक प्रभावलाइ सम्बोधन गर्न नेपाल राष्ट्र बैंकको पहलमा वैकंर्स संघको वैठकबाट साधारण बचतमा बढीमा ६.५ प्रतिशत, व्यक्तिगत निक्षेपमा बढीमा ९.७५ प्रतिशत र संस्थागत निक्षेपमा ९.५० प्रतिशतभन्दा बढी व्याज नदिने भद्र सहमतिको नेपाल चेम्बर अफ कमर्स स्वागत गर्दछ ।

बैंकहरुले यसअघि अनियन्त्रित एवं एकतर्फी तवरबाट उद्योगी तथा व्यवसायीहरुले लिएको कर्जामा लगाएको उच्च ब्याजदर अविलम्ब घटाउन वैंकहरुलाई निर्देशनका लागि नेपाल राष्ट्र बैकसँग चेम्बरले आग्रह गरेको छ । अहिले तोकिएको व्याजदरले आर्थिक गतिबिधिहरुलाई बढी क्रियाशील बनाइ लगानी प्रवद्र्धनमा सकात्मक असर पर्ने चेम्बरको विश्वास छ ।

तर, यसअघि पनि बैंकहरुबीचव्याज दरवारे भद्र सहमति भएर कार्यान्वयन हुन नसकेको सन्दर्भमा यस पटकको समझदारी कार्यान्वयन गर्न ठोस पहल हुनुपर्ने चेम्वरको धारणा छ । एकल अंकको ब्याजदरले लगानीयोग्य पुँजी माग बढ्ने भएकाले यसलाई पनि सम्बोधन गर्न माग गरिएको छ । यस्तै, पुँजीगत खर्च वढाउन आवश्यक कार्ययोजना बनाइ लागू गर्न पनि चेम्बरले आग्रह गरेको छ ।

प्रकाशित : ६ पुस २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह