Logo

कृषि / सहकारी

गाउँगाउँमा सिंहदरबारको नारा गफमात्र ! ४० करोड बक्यौता उठाउन उखु किसान काठमाडौंमा


appharu
   ९ पुस २०७५, सोमबार


काठमाडौं । एउटै समस्या समाधानका लागि बारम्बार काठमाडौं धाइरहनुपर्ने नियतिले ग्रसित उखु किसान फेरि काठमाडौंमा आएका छन् । मुलुक संघीयतामा गएपछि गाउँमै सिंहदरबार पुगेको भनिए पनि किसान भने आफ्नो श्रम र उत्पादनको मूल्य खोज्न काठमाडौं नै आएका हुन् ।

 

नेपाल उखु उत्पादक महासंघका अनुसार उद्योगीले कृषकलाई दिनुपर्ने बक्यौता करिव ४० करोड रूपैयाँ छ भने सरकारी अनुदानसमेत उपलब्ध हुन सकेको छैन ।

 

सरकारले कृषकको उत्पादन लागत र चिनीको बजारमूल्य निर्धारण गरिदेओस्, सके उत्पादन गरौंला नसके खेती नै छोडौंला भन्दै किसान फे।ि एकपटक सिंहदरबार धाइरहेका छन् । उनीहरुले राष्ट्रिय योजना अयोग, उद्योग मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।

प्रकाशित : ९ पुस २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह