Logo

सूचना/प्रविधि

वर्ल्डलिंकको इन्टरनेटमा अब नयाँ स्ट्यान्डर्ड !


appharu
   १४ पुस २०७५, शनिबार


काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले इन्टरनेट सेवामा अब नयाँ स्ट्यान्डर्ड लागू गरेको छ । विश्वमा भइरहेको प्रविधिको विकासलाई समानान्तर रूपमा अघि बढाउनका लागि कम्पनीले इन्टरनेटको नयाँ स्ट्यान्र्डर्ड सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको प्रोड्क्टमा तीन नयाँ प्याकेज ‘एस–२५’, ‘एस–४०’ र ‘एस–६०’ एमबीपीएस छ । कम्पनीले यस अघिग्राहकलाई प्रदान गर्दै आएको ब्याण्डविथमा थप गरेर ग्राहकलाई इन्टरनेटको नयाँ अनुभव प्रदान गर्न लागेको जनाएको छ ।

नयाँ प्याकेजमार्फत इन्टरनेटको ब्याण्डविथ थप गर्ने मात्र नभएर ग्राहकलाई उनीहरूले तिरेको पैसाको उच्चतम प्रतिफल प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले यस योजनामा पाँच नयाँ सेवा ‘नेटटीभी’, ‘सेफनेट’, ‘टाइम ब्याक’, ‘म्यानेजड् वाइफाई’ र ‘डिस्काउन्ट एप’ थप गरेको छ ।

यस्तै, वर्ल्डलिंकले ‘टाइम ब्याक’ फिचर्स ल्याएको छ । यसले मर्मत सम्भार र समय–समयमा इन्टरनेटमा आउने समस्याबाट ग्राहकलाई पर्न गएको क्षतिलाई कम्पनीले समायोजन गर्नेछ ।

यसको अर्थ, २४ घण्टाभित्र इन्टरनेटमा आएको समस्यामा समाधान नभएको खण्डमा कम्पनीले उक्त अवधिको सतप्रतिशत क्यास ब्याक गर्ने भएको पनि जनाएको छ ।

प्रकाशित : १४ पुस २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह