Logo

Banner-news

माघ दोस्रो साता सुबिसु क्यान इन्फोटेक, प्राबिधिक विषय पढेकालाइ जागिरकाे अबसर


appharu
   २४ पुस २०७५, मंगलबार


काठमाडाैं । आगामी माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ आयोजना हुने भएको छ । प्रदर्शनीमा सूचना प्रविधिसम्बन्धी कुल १ सय ७५ स्टल रहने आयोजक क्यान महासंघले जनाएको छ ।

नयाँ नयाँ प्रबिधिको अवलोकनसँगै जागिरको अवसरपनि भन्ने नाराका साथ आयोजित मेलामा सूचना तथा सञ्चार प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने छ । यस पटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रबिधि समेत समावेश छ ।

सूचना प्रबिधिको क्षेत्रमा करियर बनाउन प्राबिधिक विषय अध्ययनरत विधार्थीले मेला स्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आइटी कम्पनीहरुमा पठाइदिने र रोजगारीका लागि आवश्यक सहजीकरण गर्नेछ ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । साथै अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट रहेको छ ।

क्यान महासंघका अध्यक्ष हेमन्त चौरासियाले सूचना प्रविधिको बृहत् प्रदर्शनीलाई राजधानीमा मात्रै केन्द्रित नगरी सातै प्रदेशमा यो वर्ष इन्फोटेक मेला गर्न लागिएको जानकारी दिए । महासंघकी उपाध्यक्ष सुनैना पाण्डे घिमिरेले यस पटकको इन्फोटेकमा दैनिक जीवनमा प्रयोग हुने प्रविधिहरुको छुट्टै पेभिलियन बनाउन लागेको जानकारी दिईन् ।

प्रकाशित : २४ पुस २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह