Logo

कर्पोरेट-बजार

ढल्यो पर्यटनको धरोहर, र्‍याडिसनका अध्यक्ष श्रेष्ठको निधन


appharu
   २५ पुस २०७५, बुधबार


काठमाडौं । नेपाली पर्यटन क्षेत्रका धरोहर मानिने गोविन्ददास श्रेष्ठको निधन भएको छ । उनी ५ तारे होटल र्‍याडिसनका अध्यक्षसमेत हुन् ।

८७ वर्षीय श्रेष्ठको मुम्बईस्थित लिलावती अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ५ बजे भएको हो ।

होटल संघ नेपालका सक्रिय सदस्यसमेत रहेका श्रेष्ठको निधनमा संघले मर्माहत
भएको जनाएको छ । श्रेष्ठका भाञ्जा तथा र्‍याडिसनका प्रबन्ध निर्देशक बिके श्रेष्ठको पनि २ वर्षअघि निधन भएको थियो ।

स्व. श्रेष्ठले पर्यटन क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको हानले विज्ञप्तिमा जनाएको छ ।

स्व. श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

प्रकाशित : २५ पुस २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह