Logo

मुख्य समाचार

चिकित्सक संघको सरकारलाई चेतावनीे– दुईतिहाईको दम्भ नदेखाऊ, केसीका माग पूरा गर !


appharu
   २९ पुस २०७५, आइतबार


काठमाडौं । नेपाल चिकित्सक संघले दुईतिहाईको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिँदै अनसनरत चिकित्सक प्रा. डा. गोविन्द केसीको माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने स्पष्ट पारेका छन् ।

उनले भने– प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदहरुलाई आग्रह गर्दछु । वार्ता समिति बनाएर वा आँफै पहल गरेर भएपनि प्रधानमन्त्रीज्यूले डा. केसीको माग सम्बोधन गर्नुहोस भनेर म यही मञ्चबाट आग्रह गर्दछु ।’

आइतबार रिपोर्टर्स क्लबमा अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री ओलीले डाक्टर केसीको माग सम्बोधन गर्न समयमै दिमाग र आँखा खोल्नुपर्ने पनि बताए । सरकारले दुईतिहाईको दम्भ देखाउन नहुने उनको सुझाव छ ।

सरकारले कु–सोच राख्न नहुने धारणा उनले राखे । उनले भने– आवश्यक पर्यो भने हामी पनि चुप लागेर बस्दैनौं । हामी कम बोल्छौं तर काम गरेर देखाउँछौं ।’ सरकारले अहिले दम्भ र उत्तेजना देखाउन बेला नभएको पनि उनले तर्क गरे ।

गोविन्द केसी सरकारी कर्मचारीमात्रै नभएर तीन करोड नेपालीहरुको अभियन्ता पनि भएको श्रेष्ठले बताए । उनले भने,‘जनताले संघर्ष गर्दा मुलुकमा भएका शक्तिशाली संस्थाहरुपनि धराशयी भएका ईतिहाँस छ ।’

उनले आफूहरु डाक्टर केसीको पृष्ठपोषक नभएको पनि जिकिर गरे । श्रेष्ठले भने–डाक्टर केसीले उठाएका मागहरु त कम्युनिष्ट सरकारले उठाउनुपर्दथ्यो । कम्युनिष्ट सरकारले उठाउनुपर्ने कुरा उठाईदिनुभएको छ । उनले डाक्टर केसी संघको आजिवन सदस्य भएकोले उनको जीवन रक्षाको लागि सरकार गम्भिर बन्नुपर्नेपनि बताए ।

वर्तमान सरकारले डाक्टर केसीसँग सम्झौता गरेको तर कार्यान्वयन नगरेकोमा उनले गुनासो पोखे । उनले भने– सरकारले कि नसक्ने भए हामी सक्दैनौं भनेर पहिल्यै भन्नुपर्दथ्यो । तर, सम्झौता गरेपछि लागु गर्नुपर्छ ।

प्रकाशित : २९ पुस २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह