Logo

Banner-news

कर तिर्न ६ घन्टासम्म लाइनमा (तस्बिरसहित)


appharu
   ३० पुस २०७५, सोमबार


काठमाडौं । सोमबार पुसको अन्तिम दिन अर्थात चालू आर्थिक वर्षको पहिलो चौमासिकको कर बुझाउने पनि अन्तिम दिन थियो । सोही कारण करदाता र तिनका प्रतिनिधि विहानैदेखि लाइन लागेका थिए ।

नयाँ वानेश्वरस्थित आन्तरिक राजस्व कार्यालयमा पनि विहान कार्यालय नखुल्दै भीडभाड सुरु भइसकेको थियो । बिहान ७ बजेदेखि नै लाइनमा बसेको सेवाग्राही बताउँथे ।

कर कार्यालयमा भन्दा पनि बैंक काउन्टरको भीड बढी थियो । राती अबेरसम्म बैंक र कार्यालय खुले पनि सेवाग्राहीले ६ घन्टासम्म लाइन बस्नुपरेको तीतो यथार्थ पोखे ।

आफूले तिरेको कर राष्ट्रपतिलाई हेलिकप्टर र महँगा गाडी किन्न तथा नेताको उपचारमा खर्च गर्ने गरेको भन्दै उनीहरु आक्रोशित पनि देखिन्थे भने कतिपय चाहिँ बैंकले काउन्टरमा जनशक्ति नथपेको भन्दै गाली गर्दै थिए ।

नयाँ वानेश्वरमात्र नभइ उपत्यकाभरका कार्यालयमा यस्तै भीडभाड थियो । हेर्नुहोस् केही तस्बिरमा…

प्रकाशित : ३० पुस २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह