Logo

Banner-news

निकासी व्यापारमा गोल्यानको छलाङः सवा ७ अर्बको निकासी, कुल निर्यातमा ६% हिस्सा !


appharu
   ५ माघ २०७५, शनिबार


विराटनगर । नेपालको खस्कँदो निर्यात व्यापारका कारण बर्सेनि व्यापार घाटा बढ्दो क्रममा छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा ८१ अर्ब १९ करोडको निर्यात भयो । जबकि आयात १२४२ अर्ब ८३ करोड हुँदा व्यापार घाटा नै ११६१ अर्ब ६४ करोड भएको तथ्यांक छ ।

यतिमात्र होइन, चालू आर्थिक वर्षमा पनि व्यापारघाटाको ग्राफ निकै नै बढिसकेको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांक हेर्दा व्यापारघाटा ३६.१ प्रतिशतले बढेर ५६९ अर्ब ४९ करोड पुगिसकेको छ ।

मुलुकको वार्षिक ८१ अर्बको निर्यातमा एउटै व्यावसायिक घरानाको ६ प्रतिशत योगदान छ भन्दा अचम्म लाग्न सक्छ । तर, गोल्यान समूहले कुल निर्यातको ६ प्रतिशत हिस्सा ओगटेको छ ।

कुनै पनि मुलुकबाट निकासी हुने वस्तुमध्ये एउटै घरानाको यतिधेरै हिस्सा हुनु सामान्य कुरा पक्कै होइन । समूहले लगानी गरेको रिलायन्स स्पिनिङ मिल्स, ट्राइकोट इन्डष्ट्रिज तथा शिवम् प्लाष्टिकलगायतका उद्योगको उत्पादन निकासीको अवस्था हेर्ने हो भने सवा ७ अर्ब रुपैयाँभन्दा बढीको निकासी गर्ने गरेको छ ।

रिलायन्स स्पिनिङ मिल्सले उत्पादन गर्ने धागो टर्की निर्यात हुन्छ भने ट्राइकोटले उत्पादन गर्ने स्वेटरहरु युरोपेली बजारमा निकै रुचाइन्छ । यस्तै, शिवम् प्लाष्टिकका अधिकांशा उत्पादन भारतीय बजारमा निर्यात हुन्छन् ।

गोल्यान समूहका अध्यक्ष पवन गोल्यान भन्छन्– गोल्यान समूह आजको दिनमा सिंगल कर्पोरेट हाउसमध्ये मुलुककै सबैभन्दा ठूलो निकासीकर्ता पनि हो । देशको व्यापारघाटा साह्रै त्रासदीपूर्ण अवस्थामा पुगिरहेका बेला यसरी योगदान पु¥याउन पाउनुलाई पनि हामीले गर्वकै रुपमा लिएका छौं ।

गोल्यान समूह व्यापारमा हात नहाल्ने र उद्योगमै मात्र रहेको सम्भवतः मुलुककै थोरैमात्र व्यापारिक घरानामध्ये पर्दछ । यो समूहले एमएस समूहसँगको सहकार्यमा रिलायन्स स्पिनिङ्स मिल्ससहित ट्राइकोट इन्डष्ट्रिज, शिवम् प्लाष्टिक उद्योग, वेष्टार प्रोपर्टिज, हायात प्यालेस होटल, एनएमबी र एनआईसी एसिया बैंकलगायत हाइड्रोपावरमा लगानी गरेको छ ।

समूहले कृषिजन्य उद्योगमा समेत ठूलो लगानी गर्दैछ ।

अध्यक्ष गोल्यान सरकारले निकासीजन्य उद्योगलाई सकारात्मक रुपमा हेर्न थालेकाले आगामी दिनमा लगानी थप्दै निकासी बढाउने योजनामा पनि छन् । बुटवल धागो उद्योग सञ्चालनमा लिएर तथा कृषिजन्य वस्तु उत्पादनसमेत जोडेर आफ्नो समूहबाट कुल निर्यातमा १० प्रतिशत योगदान पुयाउने उनको लक्ष्य छ ।

प्रकाशित : ५ माघ २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह